धरान–इटहरी सडक खण्ड (सेउती पुल छेउ) मा हिँड्ने जो कोहीले महसुस गरेको हुनुपर्छ–बाटोभरी उकुसमुकुस हुने गरी धुँवाको मुस्लो । धुँवाको मुस्लो तुँवालो परेजस्तो, हुस्सु लागेजस्तो देखिन्छ । धरान र इटहरीको फोहोर त्यहाँ डढाइने गरेकोले यस्तो भएको हो । यसले वन्यजन्तु साथै वनलाई समेत असर गरेको छ नै मानव स्वास्थ्यमा समेत असर गर्दै आएको छ ।

धरान र इटहरी उपमहानगरपालिकाले फालेको फोहोरको गन्ध साथै फोहोर डढाउँदा आउने गन्धले बाटो हिँडिनसक्नु बन्ने गरेको हो । अहिले पनि फोहर आतङ्क कायमै छ । जङ्गललाई फोहोर प्mयाँक्न प्रयोग गर्नु ऐनविपरीत हो । तर पनि बाध्यताले फोहोर त्यहाँ फालेको भन्दै सम्बन्धित निकाय पन्छिने गरेका छन् ।
हरेक हिसाबमा यस्तो कार्य असुहाउँदो नै हो । कानुनी हिसाबले पनि यस्तो कार्य गर्न दिँदैन । दुईवटै उपमहानगरको फोहोर फालेको धेरै वर्ष भइसक्यो तर पनि यसतर्फ ध्यान जान सकेको छैन । धरान उपमहानगरपालिका फोहोर व्यवस्थापन गर्न लाग्ने भन्दै आएको छ भने इटहरीले आप्mनै डम्पिङसाइट बनाउने भन्दै आएको छ । अझ धरानले त बिजुली नै निकाल्ने भन्दै आएको तर काम अघि बढ्न सकेको छैन । समयमै काम अघि बढाउनु आजको आवश्यकता हो । नत्र फोहोर आतङ्कले भयावह रुप नलेला भन्न सकिन्नँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here