धरानः धरानस्थित बगरकोटमा आफैमा चर्चित छ । बगरकोट तोङ्बा, सुँगुरको सेकुवा, कानजिब्रो, सुकुटी आदिले अहिले पनि चर्चित नै छ । यहाँ यी परिकार चाख्न देश–विदेशसम्मका मानिस जिब्रो पड्काउँदै पुग्छन् । तर अब बगरकोट यतिमा मात्रै सीमित रहेन, अब कान–जिब्रो, सेकुवामात्रै होइन सुविधासम्पन्न लज पनि सञ्चालनमा आएको छ ।
बगरकोटस्थित एमएच बिबिक्यु हाउसले थप ३० लाख रूपैयाँ लगानी गर्दै ‘एमएच लज’ सञ्चालनमा ल्याएको हो । आइतबार लजको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथी धरान १५ वडाध्यक्ष नरेश इवारम र एमएचका सञ्चालक जीवन लिम्बूले संयुक्तरूपमा रिवन काटेर लजको उद्घाटन गरेका थिए ।
बगरकोटमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा पुरयाउन सुविधा सम्पन्न कटेज निर्माण गरी लज सञ्चालनमा ल्याइएको सञ्चालक लिम्बूले बताए । एमएच लजमा किङ साइज बेड सहित चारवटा सुविधा सम्पन्न कटेज निर्माण गरिएको छ । रात्रीकालिन मनोरञ्जन लिन आउने ग्राहकहरू कुनैबेला घर फिर्न वा आफू बसेको होटलसम्म फिर्न समस्या हुने जस्ता समस्या समाधानको लागि कटेज निर्माण गरी लज सञ्चालनमा ल्याएको सञ्चालक लिम्बूले बताए ।
६ महिनाअघि एक करोड ३५ लाख रूपैयाँको लगानीमा एमएच विविक्यु हाउस खोलिएको थियो । अहिले लज सञ्चालनमा आएपछि एमएचको लागत १ करोड ६५ लाख रूपैयाँ पुगेको छ । उद्घाटन कार्यक्रममा विशेष अतिथि महिला सञ्जाल धरानकी अध्यक्ष सविता चाम्लिङ राई, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, वुमन वर्थ गु्रपका कोषाध्यक्ष रोजी ताम्रकार, बगरकोट व्यवसायी मञ्चका अध्यक्ष हरि राई, सचिव शुक्रराज लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here