समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु सङ्क्रमणले महामारीको रूप लिने खतरा बढेको छ । धरानमा अन्य रोगले सताउँदा पनि डेंगु हो कि भन्ने आशङ्काका कारण स्थानीयबासी त्रसित बन्दै गएका छन् । डेङ्गु रोगका कारण बिरामीहरू डराएको पनि डराएको र त्यससँगै स्थानीयबासी पनि डराउँदै आएको स्थानीय बताउँछन् ।
समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको हो । डेंगु नियन्त्रणमा सरकारी, चिकित्सकीय प्रयास रहेको बताइए पनि सो रोगको फैलावट रोक्न नसक्नु साथै समयमै पहिचान नहुनुले पनि महामारीको खतरा बढेको हो ।
धरानमा डेंगुको प्रकोप र संक्रमणविरुद्ध औषधि छर्कने, लामखुट्टे खोज्ने र नष्ट गर्नेजस्ता अभियान सञ्चालन भएका छन् । बैशाख ३१ गतेदेखि हालसम्म १३३ जना भन्दा बढीमा डेंगु ज्वरो पोजेटिभ देखिएको बीपी प्रतिष्ठानस्थित चिकित्सकले जानकारी दिएका छन् । नियन्त्रणबाहिर गएको डेङ्गुको प्रकोप नियन्त्रणका लागि गरिएको कामलाई अझै प्रभावकारी बनाइँदै लगिएको प्रतिष्ठानका डा. विजयकुमार खनाल बताउँछन् ।
तर पनि अहिले धरानेमा त्रास भने बढ्दो छ । रूघाखोकी, टाउको दुखेपनि डेङ्गु नै हो कि भन्ने त्रास सबैमा छ । सामान्य ज्वरो आएपनि डेंगु भएको भन्दै बिरामीहरू अस्पताल पुग्ने गरेका छन् । धरानमा प्रभावकारी अध्ययन नै हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । प्रभावकारीरूपमा अध्ययन नहुँदा महामारी रोक्न समेत कठिन हुने र भविष्यमा पनि ठूलो चुनौतिको रूपमा रहने हुन्छ, त्यसैले अध्ययनलाई प्रभावकारी बनाऔं ।
अहिले धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भएपनि प्रभावकारी हुन सकेको छैन । बिरामी नदेखिएका ठाउँहरूमा समेत डेंगुको लार्भा, प्युपा र अण्डा भेटिनुले पनि डेंगु नियन्त्रणबाहिर नै छ भन्ने कुराको पुष्टि गर्दछ । धरानमा डेंगु सङ्क्रमण दर उच्च रहेकोले यसलाई नियन्त्रण गर्न जनप्रतिनिधि जागरूक हुनुपर्ने माग पनि उठ्दै आएको छ ।
महामारी रोक्नका लागि महामारीको विषयमा सुक्ष्म अध्ययन हुनुपर्छ साथै धरानका जनप्रतिनिधि पनि सचेत गराउँदै लाग्नु आजको आवश्यकता हो । धरान डेंगुको जोखिममा छ भन्ने सबैलाई थाहा छ तर स्थानीयबासी पनि सचेत नहुनु दुःखद् हो । त्यसैले तत्कालै सुक्ष्म अध्ययनमा टोली र सरकार लाग्नु आजको आवश्यकता हो । महामारी फैलिनुको कारण पत्ता लगाएर नियन्त्रणको रणनीति बनाउनु आवश्यक छ । अहिलेको मूल समस्या भनेको महामारीको उच्च जोखिममा रहेका ठाउँको सही पहिचान हुन नसक्नु र डेंगुको स्रोत नै नष्ट गर्ने अभियानतर्फ नलाग्नु हो । त्यसैले अब जनतामा सचेतना कार्यक्रम फैलाउने, घरघरदैलो अभियान गर्ने, स्कुले विद्यार्थीदेखि अभिभावकलाई समेत यसबारेमा सचेतना फैलाउन सक्नुपर्दछ । त्यस्तै, यसलाई नियन्त्रण गर्न जनप्रतिनिधि जागरूक बनेर सचेतना फैलाउनु आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here