धरानः धरान पूर्वको फेसनको सहर । यसबारे कसैलाई भनिरहन पर्दैन् । सबैभन्दा पहिलो फेसन यही भित्रिन्छ भनिन्छ । त्यसमा पनि गर्मीको महिनामा तरिका–तरिकाका फेसनहरु देखिन्छ सडकमा । फेसनसँगै जोडिने धेरै कुराहरु यहीबाट सुरुवात हुन्छ । भाषाको मात्रै प्रवेशी होइन धरान । धरान छोटो लुगा लगाउनेहरुबीचको स्पर्धा नै हुन्छ । आखिर किन लगाउँछन् त छोटा लुगा ? हाम्रो कोशी आवाज डटकमकी कार्यक्रम प्रस्तोता सञ्जीता धमला र मनकला कुलुङले यसबारेमा उधिन्ने प्रयास गरेका छन् ।
गर्मी बढेसँगै युवतीहरू हलुका र शीतल हुने कपडामा सजिन खोज्छन् । भनौं युवतीहरूले बढी मात्रामा वानपिस अर्थात् हट ओपन फेसन नै रोज्ने गरेका छन् । धरान हरेक हिसाबमा आधुनिक सहर त हो नै । अझ भन्ने हो भने धराने फेसनप्रति चनाखो छन् नै । मिस एसइई, मिस प्लस टु, मिस पूर्वाञ्चल, मिस स्टेट १ जस्ता प्रतियोगिता हुनुले पनि धरानेलाई फेसनप्रति कन्सियस बनाएको हो ।
धरानका व्यवसायी भन्छन्, ‘धरानलाई ओपन हट फेसनका रुपमा चिनिन्छ ।’ नेपालमा भित्रिएको फेसनको छिटो सिको गर्ने धरान हो । धरानमा जिन्स, क्रपटप, अपसोल्जर, प्लाजा, वान पिस कुर्ता, पेपलभ, ब्राइटल सेट आदि बढी चल्ने व्यवसायी बताउँछन् । धरानका आइएज आरजी पसलका प्रोप्राइटर एवम् व्यवसायी विक्रम गुरुङ भन्छन्, ‘धरानमा फेसन चल्छ, अनलाइनमार्फत् फोटो देखाउँदै आइटम आइटमका पोशाक झिकाउनेको संख्या बढ्दो छ ।’ अहिले गर्मी सिजनमा फिट हुने उपयुक्त पहिरन सुतीका शीतल कपडा साथै हट ओपन टाइपका फेसनेबल कपडा खोज्दै ग्राहक आइपुग्ने गरेको उनी बताउँछन् ।

वानपिस लगाउँदा शीतल एवं सहज अनुभव हुने इटहरीकी सिर्जना सुब्बाले बताइन् । कटन तथा सिफनका वानपिस कपडा बढी प्रयोगमा आउन थालेको छ । युवतीहरू वानपिसमा सजिएर साथीसँगको भेटघाट, पार्टी तथा घुमघाममा निस्किन्छन् ।
वानपिसले शरीरलाई आकर्षक र फिटिङ देखाउन मद्दत गर्ने भएकाले वानपिस युवातीको रोजाइमा परेको कपडा व्यवसायीहरू बताउँछन् । गर्मी याम ‘फेसन’ पाखरीका लागि उपयुक्त समय हो । जाडोभन्दा गर्मीमा ‘फेसनेबन’ पहिरन लगाउन सहज हुने भएकाले किशोरकिशोरी टिसर्ट, अफ सोल्जर, वानपिसलगायतका पहिरनमा सजिएर हिँड्ने गरेको व्यवसायी बताउँछन् ।
युवतीको रोजाइमा समर डेस, हाफ पाइन्ट, लङ टप, लेगिङ्स, स्कर्ट, स्लिभलेस टिसर्ट पर्छन् । गर्मीमा वानपिसको माग बढेको व्यवसायीको भनाइ छ । बजारमा ३ सय बढी डिजाइनका वानपिस बजारमा उपलब्ध छ । नेपालमा निर्मित फिटिङ टिसर्ट, कन्साइ टिसर्ट, सिफनको ह्यान्ड बेली, (यापर टिसर्ट, अफ सोल्जर उपलब्ध छन् । त्यस्तै, अफ सोल्जर, बेली, कन्साइलगायत ३० बढी आइटका वानपिस बजारमा पाइन्छ ।
फेसनसँगै भित्रिने यस्ता लुगा लगाउनेले सडक ढाकेको हुन्छ । धरानका हरेक गल्लीमा छिरे पनि छोटो लुगाको फेसनले धेरैको ध्यान तानिरहेको हुन्छ । उनीहरूमा स्मार्ट देखिने रहरमात्रै होइन, देखासिकीमासमेत यसले प्रभाव पारिरहेको हुन्छ।

धरान–१६ की प्रनिता राई भन्छिन्, ‘आफूलाई स्मार्ट देखिन नै हो, युवतीहरुलाई आफूलाई सबैले हेरिदिओस् भन्ने सोच हुन्छ । र, बजारमा हिड्नु पूर्व क्रिम पाउडर मात्रै होइन, लुगामा पनि विशेष ध्यान दिन्छन् ।’ यहाँको फेसन सिधै हङकङ, बेलायत जस्ता ठाउँहरुबाट आयातित छ । यो आयतित फेसनले धरानलाई गाँजेको छ ।
फेसन हेर्न भनेपछि धरान जानुपर्छ भन्ने मान्यता पूर्वमा मात्रै हैन, नेपालका सबत्र भागमा छाप परिसकेको छ । १५ दिनमा धरानमा फेसन फेरिन्छ । मोडल रेखा भन्छिन् –‘केटीहरु विशेष गरेर आफूलाई सुहाउँदो लुगा लगाउन चाहान्छन् , त्यसमा कसैले बढी लगाउलान् कसैले कम ।’
हेरौं कसले के भने भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here