प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धरान–भेडेटार–नाम्जेमा केवलकार चलाउने योजनाबारे प्रदेश सरकार लागिपरेको नै बताइसकेका छन् । उनले धरान–भेडेटार–नाम्जेसम्म केवलकार सञ्चालनका लागि पूर्वाधार निर्माणको तयारीमा लागेको बताइसकेका छन् ।
यसअघि नै धरान–भेडेटार आदि स्थानमा केवलकारबारे सम्भाव्यता अध्ययन भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सम्भाव्यता अध्ययन गर्दा धरान–भेडेटार केवलकार सञ्चालन गर्न सकिने बताएको थियो । तर पनि धरानमा केवलकार निर्माणले गति लिन सकेको छैन । अन्य ठाउँमा पनि १५ वर्षअघि अध्ययन गर्दा त्यहा“ केवलकार सञ्चालन नै भइसक्यो ।
स्थानीय सरकारले अझ बढी चासो दिने हो भने केवलकार आउँछ नै । धरान प्रचुर पर्यटनको सम्भावना बोकेको ठाउ“ हो । शिक्षा, स्वास्थ्य, पर्यटनमा धरान अगाडि छ । धरान उपमहानगरपालिकाले पर्यटनलाई पनि विकासको एउटा आधार मान्दै पनि आएको छ । केवलकार आएपछि धरानको आर्थिक समृद्धिमा टेवा पुग्नेछ त्यसैले पनि स्थानीय सरकारले यसतर्फ चासो दिनु आजको आवश्यकता हो । धरान उपमहानगरपालिका पर्यटनको लागि गुरु योजना बनाएर अघि बढ्ने तरखरमा छ । त्यसैले पर्यटनले गति लिने बनाउन पनि केवलकार आवश्यकता पनि हो ।
धरानमा पर्यटनको प्रचुर सम्भावना छ, ठाउँ पनि छन् तर यसको विकासका लागि स्थानीय सरकार लागेको देखिदैन । आन्तरिक र बाह्य पर्यटक धरान भित्र्याउने हो भने र पर्यटकहरुलाई धरानमा बस्नुपर्छ है भन्ने बनाउन पनि केवलकार आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here