धनकुटा घर भएकी मेरिना तुम्सा लिम्बू खासमा आरजे हुन् । विजयपुर एफएमकी कार्यक्रम प्रस्तोता उनी मोडलिङ क्षेत्रमा पनि जम्दै गएकी छिन् । मिस स्टेट १ की कोरियोग्राफर बनेकी उनी दोस्रोपटक पनि कोरियोग्राफर नै छिन् । अहिले उनी मोडलिङ क्षेत्रमै जम्दै र चम्किँदै गएकी छिन् । भनौं उनी धरानका लागि चम्किलो तारा हुन् ।
यसअघि मिस नेपाल आइडल २०१८ को उपाधि जितेकी उनले ‘मिस नेशनल आइकन–२०१७’ को फाइनलबाट पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै सेकेण्ड रनरअप बनेकी थिइन् । यसअघि मिस लिम्बूमा सहभागिता जनाएर उनले मिस फ्रेण्ड्लीको उपाधि पनि जितेकी थिइन् । मोडलिङ क्षेत्रमा पनि सक्रिय उनी धरानमा चिरपरिचित्र महिला सञ्चारकर्मीका रुपमा गनिन्छिन् । भर्खरै उनले नेपालमा पहिलोपटक प्याजेन्ट नेपाल इन्टरनेशनलले आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ को उपाधि पनि जितिन् । तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here