-डेनिस बाप्टिस्ट
विद्यार्थीहरु किन कक्षा ‘बंक’ गर्छन् अहिले धेरै अभिभावक र शिक्षकहरुको टाउको दुखाइको विषय भएको छ यो। कक्षा ‘बंक’को कारण अपेक्षित शैक्षिक सफलता हासिलमा चुनौती थपिएको छ। विद्यार्थीमा परीक्षाको बेलामा मात्र घोकन्ते तयारी र चिट चोर्नेजस्ता बानी बसिरहेको छ ।
खासगरी किशोरकिशोरीहरु माध्यामिक र कलेज तहमा पुगेपछि बढी ‘बंक’ गर्ने गरेको पाइएको छ। यो तह सबै किशोरकिशोरीको लागि अविष्मरणीय तर महत्वपूर्ण चरण हो। जीवनको दीर्घकालीन शैक्षिक क्षमता र प्रस्तुतिमा यो अवधिको पढाइ निकै महत्वपूर्ण हुने गर्दछ ।
प्रायः विद्यालय र कलेजहरुमा कक्षा ‘बंक’ हुने गर्दछ। कक्षा चलिरहेको हुन्छ तर केही विद्यार्थीहरु बाहिर घुम्न निस्कन्छन्। फिल्म, डिस्को, पार्कतिर पुग्छन्। यस्ता समाचारहरु बेलाबखत हाम्रा स्थानीय मिडियाहरुमा पनि आउने गरेका छन्। किन किशोरकिशोरीहरु कक्षा बंक गर्छन् तरु हामीले केही सोधखोज गरेका छौं, जुन थाहा पाएर तपाईं पनि छक्क हुनु हुनेछः
प्रेमको लागि
यो बेलामा युगल प्रेममा पर्ने अधिक सम्भावना रहन्छ। धेरैजना विद्यार्थीहरु कक्षा बंक गर्दै ‘पार्टनर’ सित समय बिताउन हिँड्छन् । कलेज समय प्रेमी, प्रेमिका खोज्ने, बनाउने र सम्बन्ध जोडिने बेला पनि हो । त्यसैले कक्षा ‘बंक’ को प्रमुख कारण युगल प्रेम भएको पाइन्छ ।
दौंतरीहरुको दवाब
भनिन्छ, गाँस छाड्नू, साथ नछाड्नू । अझ किशोरकिशोरीको साथ, एकता बढी पाइन्छ, गफ (स्पिरिट) मिल्ने भएर पनि हो। त्यसैले समूहभित्र कसैले कुनै रमाइलो प्रस्ताव राख्यो भने सबैजना सहमत हुन्छन् । पढाइ निरस भएको, पाठ निकै सजिलो भएको, परीक्षा अलि पछि आउनेजस्ता बहाना देखाउँदै एउटाले कक्षाबाहिर डुल्न जाने प्रस्ताव राख्छन्। अरु साथीहरु पनि हो मा हो मिलाउँदै निस्किन्छन् । नमाने, समुहभित्रै अमिल्दो हुने भएकोले नचाहेर पनि धेरैजना कक्षा ‘बंक’ गर्ने गर्दछन्। अर्थात्, संगतअनुसारको व्यवहार ।
पाठ र विषयवस्तु मन नपर्दा
अनुसन्धानले बताएअनुसार धेरै विद्यार्थीलाई गणित, इतिहास, व्याकरणजस्ता विषय निरस लाग्छ। त्यसैले यी कक्षालाई रोचक, पठनीय र सक्रिय बनाउन नसक्ने शिक्षकको कक्षामा बढी ‘बंक’ हुने गर्दछ । पढाइ नबुझेर, ‘होमवर्क’ को तनावजस्ता विषयले पनि कक्षा ‘बंक’ गर्न चाहेको विद्यार्थीहरु बताउँछन् ।
शिक्षक मन नपर्दा
केही विद्यार्थीलाई कतिपय आफ्ना शिक्षक मन पर्दैन । ती शिक्षकले पढाएको, बुझाउने शैली, कक्षामा सबै विद्यार्थीलाई समान व्यवहार, रोचक एवं सक्रियताको कमी भएको महसुस गर्छन्। झन्, गणित, इतिहास, व्याकरणजस्ता निरस मानिएको विषयमा त झनै शिक्षकको सक्रियताको खाँचो पर्दछ । त्यसैले विद्यार्थीहरु किन आफ्नो कक्षा छोडेर बाहिरिन्छन् भन्ने विश्लेषण र सो अनुसार आफू पनि तयार हुनु शिक्षकको जिम्मेवारी हो । कोही मानिस आफूप्रति किन विकर्षित छ, आफ्नो व्यवहार र क्षमताको कारण पनि हो किरु शिक्षकले यी कुरामा ध्यान दिइरहनुपर्छ ।
शोखले डोर्याउँछ
हुन त अचेल विद्यालयहरुमा विभिन्न अतिरिक्त क्रियाकलाप (एक्स्ट्रा करिकुलर एक्टिभिटिज) पनि पढाउने र अभ्यास गराउने चलन छ। तर, स्थान अभाव, शिक्षक अभाव, विद्यालयको स्रोत अभावजस्ता कारणले अतिरिक्त क्रियाकलापहरुमा कम प्राथमिकता दिइएको पाइन्छ । साथै, कतिपय विद्यार्थीले आफूले चाहेको, शोखका विषयवस्तु र अभ्यास आफ्नो विद्यालयमा नहुने भएकोले पनि कक्षा छोडेर बाहिर दौडिएका हुन्छन् । जस्तो, माथिल्लो कक्षामा पुगेपछि विषयगत अध्ययन, अध्यापनमा जोड दिइन्छ । नृत्य, क्रिकेट, फूटबल, संगीत, गायन, खेलकुदजस्ता क्रियाकलापमा कमै समय र चासो दिइन्छ। त्यसैले किशोरकिशोरीहरु आफ्नो शोख अभ्यास गर्न कक्षा छोड्छन् । किनकि, उनीहरुमध्ये कतिपयले भविष्यको लक्ष्य आफ्नो शोखको व्यवसायिकीकरण सोचेका हुन्छन्। झन् नेपालमा त, आफूले पढेको विषयले व्यवहारिक जीवनमा कमै महत्व पाउने गर्दछ, यहाँ कलेज ‘बंक’ हुनुको प्रमुख कारण यो पनि हो ।
(स्रोतः बोल्डस्काइबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here