धरानः धरानमा ‘मेरो लक्ष्य’ नामक नेपाली कथानक चलचित्रको च्यारिटी शो सम्पन्न भएको छ ।
गोरखा डिपार्टमेण्ट स्टोर धरानमा च्यारिटी सम्पन्न भएको हो । चलचित्रले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई कस्तो लक्ष्य लिने भन्ने कुराको सन्देश दिएको छ ।
चलचित्र हेरीसकेपछि स्थानीय निश्चलमोहन पलिखेले युवाहरुलाई कुलत र नराम्रो बाटो हिँड्न रोक्ने साथै सडक बालबालिकालाई व्यवस्थापन गर्ने कामका कसरी सहयोग गर्न सकिन्छ भन्ने समेत प्रस्तुत गरेको बताए । चलचित्रलाई नेपालका कलेजहरुमा देखाउन सके किताबी ज्ञानसँगै उनीहरुलाई सकारात्मक जीवनशैली जिउन समेत प्रोत्साहन गर्ने रोटरी क्लबका निवर्तमान अध्यक्ष सुरेन्द्रमान स्थापितको प्रतिक्रिया दिए ।
चलचित्र कन्फिडेन्ट यूथ करियर डेभलपमेण्ट एजेन्सीले प्रस्तुत गरेको हो । गणेश श्रेष्ठको लेखन र निर्देशनमा निर्माण गरिएको चलचित्रलाई प्लस टु तथा कलेजहरुका विद्यार्थीहरुलाई लक्षित गरी प्रर्दशन गरिने प्रोजेक्ट कोअडिनेटर धरानका सुजन श्रेष्ठले बताए ।

नेपालमा बन्ने धेरैजसो चलचित्र मनोरञ्जनलाई ध्यानमा राखेर बनाइने गरेको तर यो चलचित्र शिक्षामुलक चलचित्र भएको धरान उच्च मावि तथा विएमसी तथा डिसिएम क्याम्पस प्रमुख राजविमल श्रेष्ठको प्रतिक्रिया थियो ।
यस चललित्र एउटा १२ कक्षामा अध्ययरत् विद्यार्थीको कथा भएकाले यसलाई विद्यार्थीमाझ लान सके जीवनमा लक्ष्य लिएर अघि बढ्नुपर्छ सफलता अवश्य पाइन्छ भन्ने सन्देश दिन सजिलो हुने श्रेष्ठले बताए । पिछडिएको बिकट स्थाहरुमा समेत चलचित्र प्रदर्शन गरेर उठ्ने रकम सामाजिक क्षेत्रमा शिक्षा र स्वास्थमा खर्च गरिने चलचित्र टिमको योजना रहेको छ ।
करिब १ घण्टा अवधीको रहने सो चलचित्रमा निर्मल शर्मा, रश्मी भट्ट, सुजन श्रेष्ठ, रुपक रोकाया, आश्रय कोइराला, बरुन जङ लिम्बू, सृष्टि भट्टराई, प्रकाश मगर लगायत कलाकारहरुको अभिनय रहेको छ । च्यारेटी शोलाई प्रदर्शन गर्न धरानका वमन वर्थ ग्रुप र लायन्स क्लब अफ धरान विजयपुरले योग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here