धरानः धरानका अधिकांश बैंकहरूले कमाउने मात्रै सामाजिक उत्तरदायित्व भने शुन्य भइरहेको समयमा धरानमै शाखा रहेको एक बैंकले भने सामाजिक उत्तरदायित्व भुलेन ।
धरानस्थित सानिमा बैंकले दुई जना गरिब छात्रालाई पढाउने निर्णय नै गरेको छ । उसले ती छात्रालाई मासिकरूपमा २ हजार रूपैयाँका दरले खाजा खर्च पनि उपलब्ध गराउने भएको छ । श्री शिक्षा सदन सेकेण्डरी स्कुल कक्षा–११ मा अध्ययनरत कितु श्रेत्री र श्री पब्लिक माध्यमिक विद्यालय, फुस्रे कक्षा–११ मा अध्ययनरत तनु राईलाई बैंकले छात्रवृत्ति दिएर पढाउने भएको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सो छात्रवृत्ति प्रदान गरेको बैंकका म्यानेजर लोकनाथ अधिकारीले जानकारी दिए । छनोट समतिका सदस्य तथा समाजसेवी लालबहादुर बुढाथोकी र छनोट समितिका सदस्य तथा सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले खादा तथा टिका लगाएर उनीहरूलाई सम्मान पनि गरे ।
म्यानेजर अधिकारीका अनुसार छात्रवृति पाएका विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक समाग्रीहरू निःशुल्क दिइनेछ । मेजेजर अधिकारीका अनुसार १० जना सहभागी विद्यार्थीबाट दुईजना जेहेन्दार र गरिब विद्यार्थी छानिएको छ । मेनेजर अधिकारीले विद्यार्थीलाई वर्षभरी लाग्ने स्टेशनरी खर्च, फि, पोशाक उपलब्ध गराइने बताए ।
धरानमा दर्जनौं बैंक र तिनका शाखाहरू खुलेका छन् । धरानमै बैंक फस्टाएको उदाहरण पनि छ । तर फस्टाउ“छन् मात्रै सामाजिक उत्तरदायित्व के हो भन्ने कुरामा ध्यान पुरयाएका थिएनन् । निजी बैंकहरूले आफ्नो नाफाको १ प्रतिशत हिस्सा सोही क्षेत्रको सामाजिक कार्य गर्नुपर्ने राष्ट्र बैंकले नै सर्कलर गरेको हुन्छ । तर पनि धरानका अधिकाङ्श बैंकले सामाजिक उत्तरदायित्व पूरा गर्न सकेका छैनन् । सामाजिक उत्तरदायित्वको १ प्रतिशत हिस्सा धरानमा नखर्चिएर कहाँ जान्छ त्यो पनि अहिलेसम्म टुंगो लागिसकेको छैन ।
तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here