दिलविक्रम आङदेम्बे
मानवशास्त्रको अध्येता त्रिभुवन विश्व (विद्यालय (कीर्तिपुर)
‘लुङथुङ गाउँ’ ताप्लेजुङ जिल्लाको उत्तरी भेग तमोर खोला क्षेत्रमा पर्दछ । यहाँ भोटिया मूलका मानिसहरू बसोवास गर्छन् । यो गाउँको छिमेकी गाऊँहरूमा चाहिँ लिम्बू जातिहरू बसोबास गर्छन् । लुङथुङ गाउँमा बसेका यी भोटियाहरूलाई अघि भोटे अर्थात् भोटिया मात्र भनिन्थ्यो । नेपाली नागरितामा चाहिँ उनीहरूलाई ‘शेर्पा जाति’ भनेर लेखाइएको थियो । आजभोलि चाहिँ यिनीहरू वालुङ जाति बन्ने प्रक्रियामा लागेका भेटिन्छन् ।
लुङथुङ गाउँको बीचमा एउटा देवता छन् । स्थानीयले त्यसलाई ‘ढाक्पे–ढण्डु’ भन्दछन् । जसलाई ‘युल्हा’ (गाउँको मुख्य देवता) पनि भनिन्छ । प्रत्येक वर्ष बैशाख पूर्णिमाको दिन लुङथुङबासी भोटियाहरूले त्यहाँ पुजा गर्छन् । त्यो पुजालाई उनीहरू ‘नेःसो–पूजा’ भन्दछन् । स्थानीय तेन्जिङ लामाको भनाइअनुसार ‘नेःसो’को अर्थ भोटिया भाषामा ‘गाउँको देवतालाई मनाउनु’ भन्ने बुझ्mिन्छ ।
जस्तैः ‘ने’ भन्नाले ‘गाउँ–ठाउँ’ र ‘सो’ भन्नाले ‘देवतालाई मनाउनु’ भन्ने अर्थ लाग्दछ । यसरी बैशाख पूर्णिमाको दिन उक्त देवता (ढाक्पे–ढण्डु) को पुजा अथवा ‘नेःसो–पुजा’ गरियो भने एक वर्षसम्म गाउँमा प्राकृतिक प्रकोप नहुने, दुःखकष्ट, रोग तथा महामारी नआउने जनविश्वास त्यहाँका स्थानीयवासीहरू गर्दछन् । जसले गर्दा त्यहाँका भोटियाहरूले यो पूजा तीन दिनसम्म भब्य रुपले गर्दछन् । यसबेला उनीहरूले एउटा सुँगुर काटेर सामूहिक भोज पनि खाने गर्छन्, तर सुँगुर चाहिँ पुजाको अघिल्लो दिन नै मार्दछन् किनभने त्यो (नेःसो) पूजा गर्दा लामा प्रयोग गर्नु पर्दछ, लामाले यसरी देवताको पूजा गर्दा मार(काट गरेकोलाई त्यति स्वीकार्दैन ।
लुङथुङवासी भोटियाहरूले गाउँको देवता (डाक्पे–ढण्डु) लाई मनाउन यसरी ‘नेःसो–पूजा’ गरेको बेला छिमेकी गाउँका अन्यः भोटियाहरू पनि आउने गर्दछन् तर लिम्बूहरू चाहिँ आउँदैनन् । कुनै कामले लिम्बूहरू त्यहाँ आएपनि यो पूजा गरेको बेला उनीहरू त्यहाँबाट भाग्छन् किनभने यो (नेःसो) पूजामा लिम्बूहरू उपस्थित हुँदैन भन्ने मान्यता त्यस भेगमा पाइन्छ । मुख्यकुरा यस पूजामा त्यहाँको गाउँको देवता (ढाक्पे–ढण्डु) को पूजा गरिन्छ । स्थानीयवासीको भनाइ अनुसार यो देवताले अघि लिम्बूहरूलाई एउटा सराप दिएका छन् ।
त्यसकारण उक्त देवताको पूजा गर्दा लिम्बूहरू त्यहाँ भए भने पुजामा अशान्ति हुने, झ्mैझ्mगडा हुने अथवा त्यहाँ भएका लिम्बूहरू बिरामी हुने, कहिलेकाहीँ उनीहरूको मृत्यु समेत हुनसक्ने जनविश्वास त्यस क्षेत्रमा पाइन्छ । त्यसैले पनि उक्त पूजामा लिम्बूहरू सहभागी नभएका हुन् । अब त्यसो भए लुङथुङ गाउँका त्यस देवताले लिम्बूहरूलाई किन सराप दिए त ? यसवारे त्यस भेगमा एउटा लोककथा प्रचलित । स्थानीय तेन्जिङ लामा, छिरिङ थुन्डुक इलावा र केःसिङ् लङवा (लिम्बू) ले दिएको जानकारी अनुसार त्यो कथा यस प्रकार छ ।

‘अघिः लुङथुङ गाउँमा नेयोङ थरी लिम्बूहरू बस्ने गर्थे । लिम्बूबाहेक अरु कुनै पनि समुदायहरू त्यहाँ थिएनन् । एकपल्टको कुरा हो, माथि भोट (तिब्बत) बाट गेलोङ नाम गरेका एकजना लामा घुम्दै फिर्दै त्यहाँ (लुङथुङ गाउँमा) आइपुगे र गाउँनजिकै ओढारमा बास बसे (आजभोलि त्यो ओढार गाउँको बीचमा पर्दछ) । उनले साथमा एउटा भ्याङलुङ (तिब्बतमा पाइन्ने एक प्रकारको भेडा) पनि लिएर आएका थिए । त्यहाँका स्थानीय नेयोङ लिम्बुहरूले ती भोटेलामाको भ्याङलुङलाई मारेर खान खोजे तर हिँसा नगर्ने लामाले आफ्नो भ्याङलुङलाई यसरी मार्न दिएनन् । त्यसपछि उनीहरूले जवर(जस्ती त्यो भ्याङलुङलाई मार्न खोजे ।
लामाको त्यहाँ केही उपाय चलेन । अन्त्यमाः उनले भ्याङलुङलाई मार्नुभन्दा पहिले मलाई मार, पशुलाई मारेको म हेर्न सक्दिन भनेर भने । त्यसपछि लिम्बूहरूले लामालाई पनि मार्न खोजे । लामाले केही समय म प्रार्थना गर्छु अनि मात्र मलाई मार्नु भने । त्यसपछि उनले पूर्वतिर फर्केर प्राथना गरे । त्यहाँ उनले ‘मलाई मार्ने र मेरो भ्याङलुङको मासु खाने यहाँका सबै लिम्बूहरू रोग लागेर सखाप होउन्, यो गाउँ मानव बस्तीविहीन बनोस् र म जस्तै भोटेहरू यहाँ आएर बस्ती बसालुन् । अनि म उनीहरूको देवता भएर यो गाउँमा उनीहरूको संरक्षण गर्दै बसौँला’ भनेर मन्त्र जपे ।
अन्त्यमाः लिम्बूहरूले लामालाई मारेरै छाडे र उसको छालालाई नजिकैको ढुङ्गामा सुकाए । भ्याङलुङलाई पनि काटेर खाए । ती लिम्बूहरूमध्ये केहीले चाहिँ त्यो भ्याङलुङको मासु खाएनन् । केही महिनापछि लुङथुङ गाउँमा ठूलो महामारी फैलियो । रगतमासी लागेर त्यहाँका सबै लिम्बूहरू मर्न थाले । भ्याङलुङको मासु नखानेहरू मात्र बाँचे । ती बाँचेका लिम्बूहरू त्यहाँबाट भागेर अन्य ठाउँमा बस्न थाले । एकजना चाहिँ माथि नुप्लुङतिर पनि गएर बसे ।
नुप्लुङ जाने चाहिँ विजुवा थियो । त्यहीबेला पारी हेल्लोकको लेक्वाहाङ लिम्बू गाउँमा पनि ‘अनुक्पा’ (एक प्रकारको सुँगुर जस्तो) राक्षस निस्केर त्यहाँका लिम्बुहरूलाई दुःख दिन थाल्यो । त्यो राक्षसले घरमा कोक्रोभित्र राखेको सानो बच्चाहरूलाई खाने गर्दथ्यो । त्यसपछि हेल्लोके लिम्बूहरूले माथि नुप्लुङबाट त्यो विजुवालाई ल्याएर आए र राक्षसलाई भगाउने काम गरे । विजुवाले मन्त्र जपेपछि त्यो राक्षस हरायो । त्यसपछि विजुवा पनि फर्केर नुप्लुङतिरै गयो । केही दिनपछि फेरी त्यो राक्षस निस्क्यो र पहिले जस्तै बच्चाहरूलाई खान थाल्यो । हेल्लोकेहरूले पुन त्यो विजुवालाई लिएर आए । अवः चाहिँ उनीहरूले विजुवालाई गाउँमै राख्ने बन्दोबस्तो मिलाए । यसरी विजुवा बस्न थालेपछि त्यो राक्षस पूर्णरुपले त्यहाँबाट हरायो । अन्त्यमा विजुवाले त्यहीँ घरजम गरयो र आफ्नो सन्तान बढायो ।’

आजभोली पनि हेल्लोक गाउँमा ९–१० परिवार नेयोङ थरी लिम्बूहरू भेटिन्छन् । तिनीहरू त्यही विजुवाकै सन्तानहरू हुन भन्ने भनाइ छ । कुनै कारणले ती नेयोङहरू हेल्लोक गाउँबाट विस्थापित भए भने फेरी त्यो अनुक्पा (राक्षस) निस्कन सक्छ भन्ने विश्वास हेल्लोक गाउँमा अझ्mै पनि भेटिन्छ ।
यसरी लुङथुङ गाउँबाट लिम्बूहरू विस्थापित भएपछि त्यो गाउँ बस्तीविहीन भयो । पछि विभिन्न क्षेत्रबाट भोटिया मूलका मानिसहरू त्यहाँ आएर बसोवास गर्न थाले । त्यहीबेला उत्ता सिङसा (सिङसा क्षेत्र आजभोलि संखुवासभा जिल्लामा पर्दछ) बाट पनि गोम्बु नामको एउटा भोटे आफ्नो श्रीमती दिक्कीसँग लोक्ता काट्दै काट्दै त्यहाँ आइपुग्यो र लुङथुङ देखि माथिको एउटा जग्गामा बस्यो । त्यो भोटे धामी पनि थियो । एक पल्टको कुरा हो, लुङथुङ गाउँमा एउटा भोटे साह्रै बिरामी भयो । त्यसको उपकारको लागि गाउँलेहरूले तिनै सिङसादेखि आएको भोटे धामीलाई बोलाएर ल्याए र जोखना हेराए । बिरामीको जोखना हेरेपछि त्यो धामी काम्न थाल्यो । उसको आत्माभित्र अघि लिम्बूले मारेको भोटे लामाको आत्मा चढ्यो र ऊ काम्दै काम्दै गाउँ नजिकै ओढारमा गएर बस्यो ।
त्यसपछि ऊ बक्न थाल्यो ‘हे यहाँका भोटेहरू हो, म भोटे लामा हो, अघि यहाँका लिम्बूहरूले मेरो भेडा र मलाई यहाँ मारेका थिए । अहिले म तिमीहरूलाई संरक्षण गर्न यहाँ देवता भएर बसेको छु । तिमीहरूले यहाँ मेरो एउटा थान बनाएर मलाई पुजा गर, म सँधै तिमीहरूको संरक्षण गरेर यहाँ बसिरहने छु, नत्र कुनै न कुनै दिन तिमीहरू यहाँबाट विस्थापित हुनुपर्ने छ । म पनि तिमीहरूलाई यसरी नै दुःख दिई रहने छु ।’ यसरी ऊ त्यहाँ लामो समय बक्दै बस्यो । धामीले बकेको कुरा त्यहाँका सबै भोटेहरूले सुने । त्यसपछि तिनीहरूले त्यहीँ ओढारमा देवताको एउटा थान बनाएर पूजा गर्न थाले । त्यो बिरामी भोटे पनि जाति भयो ।
त्यस समयदेखि लुङथुङ गाउँका भोटेहरूले उक्त देवताको पुजा गर्न शुरु गरे । त्यो देवतालाई उनीहरूले ‘ढाक्पे ढण्डु’ नाम राखिदिए । ‘ढण्डु’ को अर्थ ‘राजा’ भन्ने बुझिन्छ । गाउँ अथवा देशको संंरक्षण गर्ने राजाको रुपमा उनीहरूले त्यस देवतालाई पूजा गर्न थाले । त्यसपछि प्रत्येक वर्ष बैशाख शुक्ल पक्ष चण्डीपूर्णिमाको दिन उनीहरूले भब्यरुपमा त्यो देवताको पूजा गर्न शुरु गरे । उक्त पूजालाई उनीहरूले ‘नेःसो पूजा’ भन्न थाले । आजभोली पनि उनीहरूले बैशाख पूर्णिमाको दिन उतिकै मात्राले यो पुजा गर्दै आएका भेटिन्छ ।

यसरी लुङथुङ गाउँमा भोटे, भोटियाहरूको बस्ती विस्तार हुँदै गयो । उनीहरू त्यहाँ बस्न थालेपछि अघि त्यहाँका लिम्बूहरूले मान्दै आएका केही देवी देवताहरू पनि उनीहरूले मान्न थाले । जस्तैः यी भोटियाहरूले लिम्बुनी देवता युमा (महारानी) को पुजा गर्न थाले । उँभौली उँधौली देवताको पूजा गर्न थाले । तम्मोर खोला, पाथीभरादेवीको पूजा गर्न थाले । आजभोली पनि लुङथुङ गाउँका भोट, भोटियाहरूले यी देवताहरूको पूजा गर्दै आएका भेटिन्छ ।
नेयोङ थरी त्यहाँका पुरानो बासिन्दा लिम्बूहरू चाहिँ त्यहाँ मासिए । कोही विस्थापित पनि भए । आजभोलि यी थरका लिम्बूहरू ताप्लेजुङ जिल्लाको हेल्लोक, फुङलिङ, साँघु र फाकुम्बा गाउँमा बसेका भेटिन्छ । त्यसैगरी उता संखुवासभा जिल्लाको नुनढाकीस्थित यङसङबु, फावेन र धनकुटा जिल्लाको बुढी मोरङस्थित फलामेटार र फाक्सीप (गैरीगाउँ) तिर पनि बसेका छन् । जसमध्ये फाक्सीप क्षेत्रमा चाहिँ यिनीहरू धेरै भेटिन्छन् ।
त्यसकारण यिनीहरूमध्ये केहीले आजभोलि आफ्नो उद्गमस्थल बुढीमोरङतिरै भएको पनि बताउँछन् । यद्यपि उनीहरूमध्ये कतिपय र खासगरी ताप्लेजुङ जिल्लाभित्र बसेका नेयोङहरूले चाहिँ हालः प्रत्येक वर्षमाथि लुङथुङतिर गई नुप्लुङ ठाउँमा गएर पूजा गरेका पनि भेटिन्छन् । नुप्लुङमा ढुङ्गाको पर्खाल लाएको एउटा पुरानो घर जस्तो भेटिन्छ । जसलाई नेयोङहरूले आफ्नो पूर्खाैली घर अथवा उत्पतिस्थल (माङ्गेनायक) यक भएको दावि गर्दै आएका छन् । त्यसकारण नेयोङ लिम्बूहरूको खास उद्गमस्थल ताप्लेजुङको लुङथुङतिर हो अथवा धनकुटाको बुढिमोरङतिर हो ? यो एउटा अध्ययनको विषय बन्न सक्छ । कतिपय स्थानीयवासीले भने हाल नुप्लुङतिर भेटिएको भग्नावशेष ढुङ्गाको पर्खालअघि लेप्चाहरूको दरबार भएको दावी पनि गरेका भेटिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here