धरानः धरान-१ स्थित धरान उच्च माविका एक छात्राले धरान टपर बनेका छन् ।
कलेजले अहिलेसम्मको नतिजा हेर्दा उच्चका छात्र अले धरान टप गरेको दावी गरेको छ । कक्षा–११ को परीक्षामा विज्ञान सङ्कायबाट सहभागी विद्यार्थी श्रेष्ठले ३ दशमलव ७९ जीपीए ल्याएको र त्यो अङ्क धरानभरीकै उत्कृष्ट भएको कलेजको दावी छ ।
यस वर्ष कलेजबाट ५३ जनाले विज्ञान सङ्कायबाट परीक्षा लेखेको र ५३ जना नै उत्कृष्ट अङ्क ल्याउँदै उत्तीर्ण भएको र विद्यार्थी श्रेष्ठले भने धरान टप गर्न सफल बनेको साइन्स कोअर्डिनेटर सुनिल भगतले बताए । बुधबार उत्कृष्ट विद्यार्थीलाई कलेजले सम्मान कार्यक्रम पनि राखेको थियो । आर्थिक अवस्थाले कमजोर तर परिश्रमी, पढाइमा अब्बल श्रेष्ठले पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि (प्रहरी स्कुल) बाट एसइइमा ए प्लस ल्याएर उनी उत्तीर्ण थिए ।
‘अहिलेसम्ममा धरानभरको नतिजा हेरिसक्यौं’, उनले भने, ‘विद्यार्थी श्रेष्ठले भन्दा अन्य विद्यार्थीले अहिलेसम्म दावी गर्न सकेका छैनन् ।’ परीक्षामा सहभागी एकजनाले ए प्लस र १० जनाले ए प्लस नतिजा ल्याएको उनले जानकारी दिए । ‘धरान उच्चले नतिजालाई निरन्तरता दिइरह्यो’, उनले भने, ‘धरान उच्च लगातार नतिजामा अघि बढ्दैछ भन्ने कुरा यस वर्ष पनि विद्यार्थीले सावित गरिसकेका छन् ।’
उनले अघिल्लो वर्षको भन्दा यस वर्षको नतिजालाई सर्वोत्कृष्ट भन्न भ्याए । ‘अघिल्लो वर्षभन्दा यस वर्ष नतिजा अझै सुध्रिएर आएको छ, विद्यार्थीमा कम्पिटिसनको भावना बढ्दो छ, कम्पिटिसनकै कारण यस वर्ष अझ फरक नतिजा आयो ।’ उनले भने । यसअघि कक्षा–१२ मा विद्यार्थीले ३ दशमलम ७८ जीपीए ल्याइसकेको उनले बताए ।
लगातार नतिजा सुधारिँदै अझै उत्कृष्ट नतिजा ल्याउनु धरान उच्चका लागि गौरवको विषय बनेको कलेजका प्राचार्य राजविमल श्रेष्ठले बताए । ‘नतिजा उत्कृष्ट बन्दै जानु धरान उच्चको लागि गौरवको विषय हो, यसमा सबै अभिभावक, विद्यार्थी, अध्यापकको मिहिनेतले नै सफलता हासिल गरेको हो ।’ विद्यार्थीले म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा पनि उत्कृष्ट नतिजा ल्याएको उनले बताए ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here