धरानः श्री शिक्षा निकेतन माध्यमिक विद्यालय धरान–२ को विद्यालय ब्यवस्थापन समिति गठन भएको छ ।
तीन वर्षे कार्यकालको लागि स्वर्णिमहाङ फोम्बो लिम्बू, गुणराज राई, सुजाता सुवेदी र सजना राईलाई सदस्यमा छनौट गरेको छ । कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य धर्मराज तामाङले विद्यालयको भौतिक निर्माण कार्यको लागि १० लाखभन्दा बढी आर्थिक वर्षको बजेटमा विनियोजित गरेको बताए ।
त्यस्तै, धरान उपमहानगरपालिका शिक्षा विभागका अधिकृत मनोज भट्टराईले शिक्षा विकासको लागि धरान उपमहानगर नगरपालिकाले सबै सामुदायिक विद्यालयहरूलाईे समानरुपले सहयोग गर्दै आएको बताऐ । छनौट सदस्यहरूलाई विद्यालयका प्रधानाध्यापक उमेश गुरागाईं, समाजसेवी रमेश राई लगायत उपस्थित सम्पूर्ण अतिथि, अभिभावकहरूले बधाई शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here