धरानः नाम्जेको होमस्टे (घरबास कार्यक्रम) ले पर्यटक तान्न थालेको छ । बाह्रै महिना नाम्जे कुहिरोले छोपिन्छ, अनि उघिन्छ । यसले पनि पर्यटक भुलाउने गर्दछ ।
स्थानीय ग्रामीण जनता माविमा प्रधानाध्यापक टंक भुजेलले दिनहुँजसो आन्तरिक र बाह्य पर्यटक ओइरिन थालेपछि अहिले बस्ने कार्यक्रम मिलाइदिन आग्रह पनि गर्ने गरेको बताउँछन् । ‘सर नाम्जेमा आइयो, बस्ने ठाउँ प्याक भए जस्तो छ, एकरात होमस्टेमा बस्ने व्यवस्था मिलाइदिनुपरयो भन्नेसम्मको अवस्था आइसकेको छ’, उनले भने, ‘त्यसपछि जसोतसो मिलाउने काम हुँदै आएको छ ।’
१९ घरमा होमस्टे सञ्चालनमा रहेको र १९ वटै घरमा पाहुनाले भरिने गरेको स्थानीय समाजसेवी हर्कप्रसाद लामाले बताउँछन् । नाम्जेले १९ सूचीकृत होमस्टेमा १२० जना र १३ होटलमा १०० हाराहारी अटाउन सक्ने क्षमता राख्छ ।
स्थानीय अनिल राना मगर भन्छन्, ‘सिएनएनले गरेको सर्वेक्षणमा नाम्जे गाउँ विश्वमै १२ औं उत्कृष्टमा गन्तव्यमा दरिएपछि होमस्टेमा बस्न आउनेको संख्या बढ्दो छ ।’ अहिले दिगो रुपमे होमस्टे सञ्चालन हुन थालेको र पर्यटक पनि बढ्न थालेको उनको कथन छ । ‘होमस्टे सञ्चालन भएको छोटै अवधिमा पर्यटकको ध्यान खुवै तानिएको छ,’ उनले भने, ‘यसबाट स्थानीय निकै उत्साही छन् ।’

यहाँको हुर्रानाच प्रख्यात छ बनेको छ । यहाँ भएका अर्गाििनक चिया कृषि, पुरानो संस्कृति, ग्रिन भिलेज टुरिजम, जैविक विविधता, आत्मा बस्ने घर आदिले पनि आकर्षक गन्तव्य बनेको नाम्जे अहिले अगाडि बढ्दै गएको छ । उत्कृष्टमा दरिएपछि अहिले त्यहाँका बासिन्दा खुशीसँगै उत्साहित पनि भएका छन् । भेडेटार–७ मा पर्ने यो गाउँ भेडेटारबाट २ कि.मी. को दुरीमा पर्ने यो ठाउँमा पुग्न बस, ट्रक, जीप, भ्यान, मोटरसाइकलजस्ता सवारी साधनको प्रयोग गर्न सकिन्छ।
नाम्जेमा मौलिकता नरहँदा अहिलेका आगन्तुक पनि घट्ने हो कि भन्ने चिन्तामा छन् नाम्जेबासी । त्यहाँ अहिले मौलिक घरहरूसँग अन्य नयाँ खालका घरहरू पनि बन्ने चरणमा छन् ।
अर्कोतर्फ युवाजोडीले गर्दा होमस्टे सञ्चालनमा केही कठिनाइ भएपनि अहिले सुधार आएको छ । खासमा नाम्जेको होमस्टेमा परिवारसहित पुगे नाम्जेबासी खुशी मान्छन् । तर कतिपय युवाजोडी नै खराब मानसिकता बोकेर पुग्दा उनीहरू दिक्क भने छन् । तर अहिले त्यहाँ परिचय नखुल्ने युवाजोडीलाई निषेध गरिएको छ । ‘जोडी बाँधिएर आइपुग्छन्’, स्थानीय एक महिला नाम नछाप्ने शर्तमा भन्छिन्, ‘यस्तो आए हुँदैन भनिदिन्छौं ।’
ती महिलाले एकदिनको घटना सुनाउँदै भनिन्, ‘एकजना युवतीले प्रहरीलाई फोन गरेर ममाथि यस्तो हर्कत गरेको भन्दै सुनाएपछि हामी अझै सजग छौं ।’ उनले विवाहित जोडी हुनुपर्ने, परिचयपत्र अनिवार्य हुनुपर्ने र मात्रै उनीहरूलाई बस्ने व्यवस्था गर्ने गरेको सुनाइन् । ‘विशेषतः परिवारसहित अर्थात् श्रीमान श्रीमती बनेर आएर यहाँको प्राकृतिक वातावरण, मगरका मौलिक घर र संस्कृति, रहनसहन हेरुन् नै भन्ने हो तर अश्लील हर्कत गर्ने मनसाय बोकेर आएपछि सकिँदैन ।’ उनले थपिन्, ‘यहाँको मौलिकता हराउन दिने हो यही हराउँदै गएपछि मान्छेहरू किन आउँछन् ?’
तस्वीरः हाम्रो कोशी आवाज डटकम

 

नाम्जेमा बन्दै गरेको आदिवासी जनजाति पार्क ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here