मिस पूर्वाञ्चल २०१७ की फस्ट रनरअप सिमरन श्रेष्ठको चर्चा चुलिँदो छ । कारण–उनी आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनको रुचि समाजसेवा गर्ने हो । मिस एसएलसी २०१६ मा टप टेनमा परेपछि उनी मोडलिङ क्षेत्रमा होमिएकी हुन् । मिस पूर्वाञ्चल जितेपछि उनको हाइट पनि बढ्यो । अहिले भिडियोमा अभिनय देखाएपछि मुस्कुराउन समेत थालिकी छिन् । ‘जे होस् राम्रो रेस्पोन्स पाइरहेको छु’, उनले भनिन् । सानैदेखि नृत्यमा अब्बल बन्दै आएकी थिइन् । उनी भविष्यमा सफल मोडल बन्ने लक्ष्य राखेको बताउँछिन् । ‘अहिले विशेषतः म्युजिक भिडियोमा अफर आउन थालेका छन् ।’ उनले भनिन् ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here