धरानः धरान–१५ स्थित ज्ञानोदय सेकेण्डरी इ.बो. स्कुलमा निःशुल्क आँखा शिविर आयोजना भएको छ ।
स्कुलका अधिकांश विद्यार्थीको आँखा जाँच गरिएको प्रिन्सिपल टिवी क्षत्रीले जानकारी दिए । जाँचमा १४ जना विद्यार्थीलाई भिजनमा समस्या भएको र उनीहरूलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । आँखाजाँचमा स्कुलका कर्मचारीलगायत सबै लाभान्वित बनेका थिए ।
विराटनगर आँखा अस्पतालको टिमले आँखाको जाँच गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here