धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा–११ का विद्यार्थीलाई कक्षा–१२ का विद्यार्थीले स्वागत गरेका हुन् । कक्षा–१२ का छात्र प्रदीप ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की प्रमुख अतिथि थिए । कार्यक्रममा प्रधानाध्यापक इन्द्रमोहन झा, पूर्व प्रधानाध्यापक लेखनाथ भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष पदमप्रसाद चौलागाईंलगायतको उपस्थितिमा कार्यक्रम भएको हो । औपचारिक कार्यक्रमपछि विद्यार्थीले नृत्य, गीत पस्किएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा इन्चार्ज वीरेन्द्रबहादुर शाहले विद्यार्थीको भविष्यका लागि पब्लिक हाइस्कुल सदैव लागिरेको बताए । उनले विद्यार्थीलाई अनुशासन प्रदान गर्ने कुरामा, विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप बढाउन र शैक्षिक क्रियाकलापलाई अघि बढाउन सधैं लागिपर्ने बताए । उनले कोही विद्यार्थी परीक्षामा उपस्थित नभए १ सय ५० रूपैयाँ जरिवाना गर्नेदेखि विद्यार्थी उपस्थित नभएमा अभिभावकको मोबाइलमा उपस्थित नभएकोबारेमा म्यासेज पुग्ने बताए ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक झाले पब्लिक हाइस्कुलको कक्षा–११ र १२ मा १२ सय विद्यार्थी अध्ययनरत् रहेको बताउँदै सरकारी विद्यालयमा यतिका विद्यार्थी उपस्थित हुनु गर्वको कुरा भएको बताए । उनले आफूहरूले गुणस्तरमा कुनै कन्जुस्याइँ नगरेकोले पब्लिकमा विद्यार्थी संख्या बढेको बताए । प्रधानाध्यापक झा र इन्चार्ज शाहले विद्यार्थीलाई खादा र अविरले स्वागत गरेका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here