धरानः गायक दिसस पयाङयगु र गायिका दीपा सुहाङको स्वरमा ‘पूर्वैमा राम्रो धरान’ बोेलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा एसपी निङलेकु शब्द रहेको छ भने सोही गीतमा इन्द्र सुशिल तिलिङ चोङवाङ, सङ्गीत रहेको छ । त्यस्तै गीतमा दिनेश माङमु लिम्बूको एरेन्ज रहेको छ । भिडियोको क्यामेरा जीवन मुकारुङको रहेको छ । गीतको भिडियोलाई दिनेश माङमु लिम्बूको निर्देशन रहेको छ भने सोही गीतको भिडियोमा गायिका स्वयं दिवस र गायिका दीपाको अभिनय रहेको छ । ‘पूर्वैमा राम्रो धरान’ बोलको म्यूजिक भिडियोलाई युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेरौं भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here