धरानः धरानमा सम्पन्न भएको २० औं मिस्टर धरान बडिविल्डिङ च्याम्पियनसीपको उपाधि एनीटाइम फिटनेशका उत्तम खत्रीले जितेका छन् ।
उनले उपाधिसँगै नगद १ लाख पनि हात पारेका छन् । ५५, ६०, ६५, ७०, ७५ केजी तौलको ओभरअलबाट उनले उपाधि जितेका हुन् । यस्तै, धरान फिटनेशका ऋतिक घिमिरे फस्ट रनरअप बने भने भिजन फिटनेशका विनोदकुमार नेपाली सेकेण्ड रनरअप बने । यस्तै, चौथो आवर फिटनेशका शितक राई घोषित भए भने पाँचौ आवर फिटनेशनकै विनोद तामाङ घोषित भए । उनीहरूले क्रमशः ५० हजार, २० हजार, १५ हजार नगद पाए ।
निर्णायक शिव मुखिया, राजभगत प्रधानाङ्ग, हरि धिमाल, शारदा दाहाल, नवनीत प्रधान रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि युरेका आवासीय माविका प्राचार्य राजेन्द्र गुरुङलगायतले विजेतालाई पुरस्कार वितरण गरे । जम्मा १३ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम
हेरौं भिडियो र फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here