धरानः धरान–१२ चतरालाइन शिव सिनेमा छेउमा रहेको चतरा जाने बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् ।
बसपार्कभित्र मृत अवस्थामा सन्तोष तामाङ शव फेला परेका हुन् । दाहिने कुनामा गन्जी र हाप पाइन्ट लगाएर लडिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनी धरान–१२ चतरालाइन शिव सिनेमा छेउमा डेरा गरी बस्ने गरेको स्थानीयबासीले बताएका छन् । उनको शव देखेपछि प्रहरीलाई स्थानीयबासीले खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले उनको शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगिएको बताए । तामाङ यसअघि जन्डिसका रोगी रहेको र जाँड–रक्सी पनि सेवन गर्दै आएको स्थानीयबासी बताउँछन् ।जन्डिसका रोगीले जाँड-रक्सी खानुहुँदैन भनेर स्थानीयबासीले सम्झाउने गरेको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here