धरान अवतार श्रेष्ठ लागूऔषधको कुलतमा फँसेर पुर्नजीवन पाउ“दा जति खुशी छन्, साथीभाइ, आफन्त, लत त्यागेको भनेर सुन्ने जोकोही खुशी बनेका छन् । अहिले धरानमा उनको चर्चा चुलिएको छ । चर्चा यो मानेमा पनि छ कि एकातर्फ उनले लागूऔषध त्यागेको र अर्कोतर्फ त्यागिसकेपछि देशभर सहभागी भएको ‘ओपन रेन्बो क्लासिक राष्ट्रिय बडिविल्डिङ च्याम्पिनसीप’ मा च्याम्पियन बनेर देखाउँदै ५१ हजार समेत जितेको । यो उनको मात्रै जीत नभएर धरानेको जीत भएको छ । यो गौरवको विषय हो ।
उनले उपाधि मात्रै जितेनन् लागूऔषध सेवन गर्नु हु“दैन, कुलतबाट छुटकारा पनि मिल्छ भन्ने राम्रो सन्देश छर्न सफल बनेका छन् । देशभरका १३ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेसँगै उनलाई संजीवनी सुधार केन्द्र धरान–१३ ले सम्मान पनि गर्दै समाजमा पुनस्थापित गर्ने काम गरेको छ ।
१३ वर्षको उमेरदेखि कुलतमा फँस्दै, छोड्दै आएपछि ३२ वर्षको उमेरमा उनी झनै कुलतमा फँसे र सुधार केन्द्रसम्म पुगे । त्यहाँ राम्रो ‘ट्रिटमेन्ट’ पाएपछि उनी अहिले समाजमा स्थापित हुन पुगेका हुन् । लागूऔषधको लत छुटाउन जति गाह्रो हुन्छ त्यति नै चुनौतीपूर्ण हुन्छ नशामुक्त जीवन बिताइरहन तर चाह्यो भने सकिन्छ भन्ने सन्देश उनीबाट सम्पूर्ण धरानेलाई छर्नु खुशीको कुरा हो । त्यसैले सबै पक्ष लागे धरानमा जति पनि लागूऔषधमा फँसेका युवा छन् छुटाउन पनि सकिन्छ । त्यसमा सबै पक्षका जोडबल आवश्यक छ ।
लागूऔषध सेवन र कारोबारमा किशोर उमेरका युवायुवती फँस्नुको मुख्य कारणमा ५० प्रतिशत कमजोरी अभिभावकको देखिन आएको तथ्याङ्कले पनि देखाइसकेको छ । छोराछोरीको उज्जवल भविष्यका लागि दुःख गर्ने अभिभावकले आफ्ना सन्तानका क्रियाकलापप्रति समय–समयमा चासो नराख्दा लागू औषधको कुलतमा फँस्ने समस्या बढ्दै जान्छ । त्यसपछि मात्र साथीसङ्गी, बढ्दो उमेर, लहड, रहर, फ्रस्टेसन र फरक जीवनशैली लगायतका कारण पर्छन् ।
अभिभावकले बालबालिकाको भविष्यप्रति चिन्ता लिए जति उनीहरूका क्रियाकलापप्रति चासो र चिन्ता नलिएकै कारण स्वतन्त्र वातावरणसँगै बिग्रिने र कुलतामा फस्ने सम्भावना बढी हुन्छ । त्यसैले अभिभावकले फजुल खर्चमा नियन्त्रण गर्ने, विद्यालय र कलेजसम्मका क्रियाकलाप रेखदेख गर्ने वा ध्यान दिने, विलासिताका सामग्रीहरू किन्न नियन्त्रण गर्ने, छोराछोरी सुत्ने घररकोठाको नियमित जाँच गर्ने, उनीहरूले बोक्ने पर्स वा वालेट तथा ब्याग जाच्ने वा हेर्ने, मदिरा वा चुरोट पिउने लतका विषयमा जानकारी लिने, पारिवारिक तथा पढाइको तनावबाट मुक्त राख्ने मात्रै गरियो भने पनि लतमा लाग्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here