धरानः धरान–२ स्थित शिक्षा निकेतन माविको व्यवस्थापन समिति अध्यक्षमा रमेश राई पुनः सर्वसम्मतिबाट चयन भएका छन् ।
यसअघि चयन भएका व्यवस्थापन समिति सदस्यहरुको शुक्रवार बसेको पहिलो बैठकले अध्यक्ष पदमा राई चयन गरेको हो । उनी यसअघिको समितिमा पनि अध्यक्ष थिए । समितिका जेष्ठ सदस्य, धरान वडा २ का अध्यक्ष माधवगोबिन्द श्रेष्ठको सभापतित्वमा पहिलो बैठक बसेको हो ।
बैठकले समितिको सदस्यमा यशोदा कायस्थलाई मनोनयन गरेको छ । यस्तै, सदस्य सचिवमा प्रधानाध्यापक उमेश गुरागाई छन् ।
सैविच नेपालीहरुको चाड दशै, तिहार, छैठ पर्वको अवसरमा विद्यलयले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रधानाध्यापक गुरागाईको सभापतित्वमा नवनिर्वाचित व्यवस्थापन समितिका पदाधिकारी र बिधालयका शिक्षक शिक्षिकाहरूबीच परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here