सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीले हातहतियार र लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरी बर्जु गाउँपालिका वडा नं ३ स्थित अमडुवामा तालुक १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह तथा इलाका प्रहरी कार्यालय दुहवी सुनसरी समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका जिल्ला मोरङ सुन्दरहरैचा न.पा.वडा नं ५ मगर टोल बस्ने वर्ष २७ को करणकुमार चौधरी र सोही टोल बस्ने वर्ष २१ को प्रकाश चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरूमाथि शंका लागेर नियन्त्रणमा लिई खानतलासी गर्दा करणले हातमा बोकी ल्याएको कालो प्लाष्टिकको झोला खोली हेर्दा मेड इन युएसए ६३ लेखिएको पेस्तोल थान १, म्याग्जिन २, गोली राउण्ड थान ३ थान फेला परेको प्रहरीको भनाइ छ।
उनको साथबाट लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, लागूऔषध डाइजेल्याब ३५ एम्पुल र सिरिन्ज थान १ समेत फेला परेको हँुदा बरामद हुन आएको हातहतियार (पेस्तोल, गोली) तथा लागूऔषधसहित बरामदी मुचुल्का खडा गरी निजहरु दुवै जनालाई पक्राउ गरी जरुरी पक्राउ पुर्जी स्वीकृत लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here