मोरङः मोरङको सुन्दरहरैंचा नगरपालिका–६ स्थित सडकखण्डमा पौने ३ बजे ठक्कर दिँदा बालकको ज्यान गएको छ ।
टिपरले ९ वर्षीय बालकको ज्यान लिएको हो । टिपरको ठक्करबाट लुकास थपलियाको मृत्यु भएको हो । तीव्र गतिको टिपरको ठक्करले बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको पूर्वपश्चिम राजमार्गको भित्री सहायक बाटोमा को१ख ६२७३ नम्बरको टिपरले बालकलाई ठक्कर दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here