धरानः विश्वकर्मा समुदायको मौलिक पेशालाई निरन्तरता दिने उद्देश्यले भोजपुरको विकट ठाउँ होम्ताङमा जन्मिएका इन्द्रकुमार लामिछाने (विश्वकर्मा) ले २०५२ साल भदौ ५ गते पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बराहक्षेत्रको नामबाट ‘बराह ज्वेलरी’ नामको सुनचाँदी पसल शुरु गरेका थिए ।
नेपालीहरु आप्mनो जीविकोपार्जनको लागि विवश भएर विदेश पलायन हुनुपर्ने बाध्यता रेमिटेन्सको भरमा धानिएको अर्थतन्त्र जस्तो जटिल अवस्थामा नेपालीहरुले आफ्नो मातृभूमिमा मात्र नभई विदेशी भूमिमा पवित्र उद्देश्यका साथ मानसिक र शारीरिक दुवै श्रम गरी नेपाल र नेपालीको गौरवलाई कायम राखिरहेको बताउँछन्, बराहका अध्यक्ष शिव लामिछाने । ‘यही यथार्थलाई हृदयङ्गम गरी स्वदेशमै रोजगारी सृजना गर्ने र विदेशमा पनि सम्मानित श्रमजीवी वर्ग र व्यापार विस्तार गर्ने दीर्घकालीन सोच र परिकल्पनाका साथ स्वदेशमा उत्पादित विभिन्न किसिमका आधुनिक तथा सांस्कृतिक गरगहना तथा स्थानीय वस्तु र सेवा विस्तार गर्ने तथा स्वदेशी जनशक्तिलाई स्थापित गरी विदेशी श्रम र वस्तुलाई निरुत्साहित गर्न नयाँ–नयाँ व्यापारिक अवसरहरु सृजना गर्ने परिकल्पनालाई साकार बनाउने अभिप्रायले बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को नाममा धरान हुँदै काठमाडौं, पोखरा, युके, हङकङसम्म विस्तार भएको हो ।’ उनी भन्छन् ।
२०६५ सालमा बेलायतको अल्डरसोटमा, २०६८ सालमा हङकङमा बराहको विदेश सम्पर्क कार्यालयबाट व्यवसाय शुरु गरी नेपाल र नेपालीको गौरवलाई उच्च पार्दै कारोबारलाई निरन्तरता दिइरहेको छ भने एक स्थानको व्यावसायिक अनुभवसहित ग्राहकहरुको चाहनाअनुरुप अर्को स्थानमा व्यवसाय सञ्चालन गर्न सकिने परिकल्पनाका साथ २०६० सालमा काठमाडौं भेडासी हुँदै पीपलबोटमा सञ्चालन गर्दै आफ्नै भवन निर्माण गरी २०६५ मा काठमाडौं न्यूरोडमा र २०६७ मा पोखरामा सम्पर्क कार्यालयहरु सञ्चालन गरी अघि बढिरहेको छ ।
सामान्य सुन पसलबाट शुरु भएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को कारोबार हाल आएर ज्वेलरी, डिपार्टमेण्टल स्टोर, सहकारी, रेमिटेन्स, एम्बुलेन्स र खानेपानी ढुवानी, एसी तथा ननएसी सुविधा सम्पन्न धरान विराटनगर, काठमाडौं बस सेवा, कृपा दृश्य डिजिटल स्टुडियो सेवा, सुनचाँदी पत्थरजन्य आधुनिक तथा परम्परागत गरगहना तयारी तथा उत्पादन कारखाना सञ्चालन भइरहेको धरान शाखा प्रमुख एवम् सञ्चालक मानबहादुर विश्वकर्मा दियाली बताउँछन् ।
श्रमका दृष्टिले आफ्नो ऊर्जामय उमेर विश्वका विभिन्न ठाउँमा विभिन्न उत्पीडितका साथ खर्च गर्ने नेपालीहरुको कथा–व्यथालाई हामी आफ्नो मुलुकमा व्यवस्थित र दीर्घकालीन परिकल्पनाका साथ व्यवसाय सञ्चालन गर्न सके त्यो श्रमले विदेशिनु पर्दैन भन्ने वास्तविकतालाई व्यवहारमा उतार्ने क्रममा यस कम्पनीले देश–विदेश दुवै गरी प्रत्यक्ष रुपमा तीन सयजना र अप्रत्यक्ष रुपमा करीब तीन हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ भने हजारौं व्यक्ति लाभान्वित भएका छन् । स्वदेशी पूँजी र युवा जनशक्तिलाई विदेशमा पलायन हुनबाट रोकी स्वदेशमै उक्त पूँजीको सदुपयोग र युवा जनशक्तिलाई रोजगारको अवसर सृजना गर्ने उद्देश्यलाई परिपूर्ति गर्नको लागि छरिएर रहेको पूँजीलाई एकीकृत गरेर उत्पादन र आयमूलक क्षेत्रमा लगानी गर्ने, सांस्कृतिक र बहुजातीय भेषभुषा, गरगहना र अन्य दैनिक उपभोग्य सामग्रीहरुको स्वदेशी उत्पादनमा जोड दिने र समान उद्देश्य भएका संस्थाहरुसँग सहकार्य गरी मुलुकको आर्थिक उन्नतिमा टेवा पुरयाउँदै राष्ट्र निर्माणको कार्यमा सहयोग पुरयाउने उद्देश्य हो । यो बराह एउटा अभियान हो । यस्तै अभियान धेरैले सञ्चालन गर्न सके चाँडै समृद्धितर्फ हामी अगाडि बढ्नेछौं ।
कम्पनीले आप्mनो व्यापारिक लक्ष्य प्राप्तिका लागिमात्र नभई सामाजिक र सांस्कृतिक पक्षलाई समेत सहयोग पु¥याउने योजनाअनुरुप विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । नेपाल पत्रकार महासङ्घको सुनसरी शाखाको निर्माणाधीन भवनभित्रको सभाहल इन्द्र बराह सभाहल निर्माणको लागि आर्थिक सहयोग, पर्यटकीय एवम् धार्मिक क्षेत्र बराहक्षेत्रमा स्वागतद्वार निर्माण, धरान नगरपालिकाको धार्मिक पर्यटकीय रणनीतिलाई ठोस टेवा पुरयाउने उद्देश्यले धरान भित्रिने पर्यटक र धर्मावलम्बीहरुको स्वागतार्थ धरान–८ तीनकुनेस्थित महाकाल शनी मन्दिर परिसरमा बराहका परिकल्पनाकार स्व. इन्द्रकुमार विश्वकर्माको स्मृतिमा इन्द्रेश्वर महादेवको प्रतिमा निर्माण गरिएको छ ।
सेवाबाटै पनि थाहा हुन्छ– एम्बुलेन्स, खानेपानी, यातायातजस्ता अत्यावश्यकीय सेवा समेत उपलब्ध गराउँदै हरेक वार्षिकोत्सवको अवसर पारेर ग्राहक मनानुभावहरुलाई उपहार तथा पुरस्कार दिँदै आएको छ । हुन त हामीले यस्ता सामाजिक काम नगर्दा पनि केही फरक पर्दैन थियो, तर हाम्रो लक्ष्य र उद्देश्य नै यस्तो रहेको हुनाले अझ आगामी दिनमा जनता तथा सेवाग्राही महानुभावका लागि थप रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै अघि बढ्ने बराहका सञ्चालकहरुको प्रतिबद्धता छ । बराहले धरान र पूर्वाञ्चलको पर्यटन विकासमा समेत आफ्नो सहभागिता जनाएको छ ।  यसैगरी धरानका जातीय, धार्मिक समुदायका विभिन्न चाडपर्व र कार्यक्रममा समेत बराहले सक्दो सहभागिता जनाउने गर्दछ ।  यसैगरी धरानका धेरै विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक, सामाजिक, स्तर उकास्न सहयोग पुरयाएको छ ।

बाबुकै पथमा हिँडेर बराहलाई अझ उचाइँमा लानेछौं, २५ औं रजत महोत्सव नेपालमै पहिलो

अध्यक्षः शिवकुमार लामिछाने
बराह समूहका अध्यक्ष अहिले शिवकुमार लामिछाने छन् । संस्थापक स्व. इन्द्रकुमार लामिछानेको निधनपश्चात् उनले बुबाको योजनाअनुसार नै व्यवसाय अघि बढाइरहेका छन् । अहिले सानो पसलबाट शुरु भएको व्यवसाय कम्पनी बन्दैछ, यसबारेमा अध्यक्ष लामिछानेको भनाइ जस्ताको त्यस्तैः
सानो पसल कसरी गु्रप अफ कम्पनी बन्दैछ ?
–२४ वर्षअघि इन्द्रकुमार लामिछाने विश्वकर्माले पूर्वेली सहर धरानमा सानो पसलबाट शुरु गरेको बराह ज्वेलरी इन्डष्ट्रिज अब ग्रुप अफ कम्पनी बन्दैछ । २५ वर्ष प्रवेशको अवसरमा रजत महोत्सव हुँदैछ, बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिलाई बराह ग्रुप अफ कम्पनीका रुपमा अगाडि बढाउने निर्णयमा सञ्चालकहरुले गरेका हुन् । यो ग्रुपमा २५ भन्दा बढी कम्पनीहरु जोडिनेछन् । यही रजत महोत्सवदेखि अर्थात् असोज २५ गतेदेखि धरानमा विशेष कार्यक्रम गरी बराहलाई ग्रुप अफ कम्पनी बनाइने भएको हो ।
किन ग्रुप अफ बराह नै ?
‘नुनदेखि सुनसम्म’ भन्ने नारा सार्थक बनाउन कम्पनीले व्यवसायको दायरा फराकिलो पार्दै मात्रै लगिएको हो ।
कसरी मनाइँदै छ २५ औं वर्षगाँठ ?
–बराह समूहले कम्पनी स्थापना भएको धरानमा असोज १३ गते सोमबार भव्यरुपमा २५ औं वर्षगाँठ अर्थात् रजत महोत्सव मनाउने तयारी गरिएको छ । यो व्यवसायिक क्षेत्रमा नेपालमै पहिलोपटक फरक ढङ्गले रजत महोत्सव मनाउने तयारी भएको छ । हामीले यसलाई एउटा ठूलो उत्सव ठानेका छौं । त्यसैले झकिझकाउदेखि अन्य कुरामा फरक तरिकाले यो महोत्सव मनाउने भएका हौं । महोत्सवमा कम्पनीले २४ वर्षसम्म गरिएका सबै कामको झलक देखाउने गरी प्रदर्शनीको तयारी गरेको छ । सो दिन डाइमण्ड अर्थात् हिराका गरगहना, सुनचाँदीका गरगहनाको प्रदर्शनी, झाँकीसहितको विशेष प्रस्तुति रहनेछ ।
बराहको अबको बाटो कस्तो देख्नुहुन्छ ?
–बराहका संस्थापक, अभिभावक, बुबा स्वर्गीय इन्द्रबहादुर लामिछानेज्यूले एउटा बाटो तयार गरिदिनुभएको छ, हामी त्यही बाटोबाट हिँड्छौं र अझ उँचाइमा पु¥याउनेछौं । सडकबाट शुरु भएको इमान्दारी, मेहनत, परिश्रम हेरेर हाम्रा शुभेच्छकु, ग्राहक र लगानीकर्ताहरुले जुन विश्वास गर्नुभयो, साथ र सहयोग दिनुभयो, त्यो विश्वासलाई युगौंयुगसम्मको पुस्ताले पनि अहिलेको जसरी नै कायम राख्नेछ । बराह सिस्टममा चलेको हुनाले युगौंयुगसम्म पनि यसै गरी व्यापार–व्यवसाय र सेवा–सुविधा उपलब्ध गराउनेछ भन्ने विश्वास दिलाउँछु, हामी सबै यही प्रण पनि गर्छौं ।
बराहले नाफा मात्रै कमाएको छैन

मानबहादुर विश्वकर्मा दियाली
शाखा प्रमुख एवम् सञ्चालक
मानबहादुर विश्वकर्मा दियाली अहिले बराह समूहको धरान शाखाका प्रमुख तथा सञ्चालक हुन्, उनीसँग हाम्रो कोशी आवाज डटकमले गरेको कुराकानीको सम्पादित अंशः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
–अहिले म यही बराह समूहकै काममा व्यस्त छु । अहिले २५ औं रजत महोत्सवको तयारी सकिएको छ तर पनि अलि बढी व्यस्तता बढेकै छ ।
बराहको सेवाबारे बताइदिनुहोस् न ?
–धरानको मात्रै कुरा गर्ने हो भने बराह ज्वेलरी, बराह डिपार्टमेन्ट स्टोर, बराह बचत तथा ऋण सहकारी, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, रेमिट तथा विभिन्न सब रेमिट, बराह बाल संसार, इन्द्रेश्वर फेन्सी स्टोर, बराह कृषि उपज तथा पशुपालन प्रालि, बराह फेमिली किचन र अब बराह किड्स सैलुन सञ्चालनको तयारीमा छौं । त्यस्तै, मोरङको तेतरियामा पशुपालन तथा कृषि उपज सञ्चालन गरिरहेका छौं । भेडेटारमा शाखा खोलिएको छ र चाँडै नै नाम्जेमा होमस्टे सञ्चालनको तयारीमा छौं । मोरङको ग्रामथानमा कृषि फार्म स्थापना गरी ८० वटा गाई, माछा, कुखुरा र बंगुरपालन शुरु भएको छ ।
बराहले नाफा मात्रै नकमाएर सामाजिक काम पनि गर्दै आएको सुनिन्छ नि ?
–यो व्यावसायिक प्रतिष्ठान हो । व्यापार–व्यावसाय नाफा कमाउनकै लागि हो । हामी पनि नाफा कमाउछौं, तर यो नाफा आप्mनो लागि मात्रै होइन, समाज र राष्ट्र निर्माणको लागि पनि खर्च गर्नुपर्छ भन्ने सोचले सामाजिक काममा पनि लगाउँछौं । बराहले नाफाको १० प्रतिशत मात्रै भएपनि सामाजिक काममा लगानी गरिरहेको छ । व्यापार–व्यवसाय आप्mनो स्वार्थको लागि मात्रै होइन, समाजको लागि पनि हो भन्ने सन्देश दिन यो नीति बनाएका हौं । हामी नाफा पनि धेरै खोज्दैनौं र जनताको पैसा जनतामा नै पुग्नुपर्छ भन्ने सोचले सामाजिक काम पनि गर्छौं । यो समाजप्रतिको जिम्मेवारी बोध पनि हो भन्ने मलाई लाग्छ ।
भेडेटारस्थित पाथीभारा मन्दिर र बराहक्षेत्रमा स्वागतद्धार बनायौं । पत्रकार महासंघलाई भवन बनाउन १० लाख सहयोग, तीनकुनेमा इन्द्रेश्वर महादेवको प्रतिमा बनायौं । यस्तै, विभिन्न सामाजिक तथा खेलकुद संघसंस्थाहरुलाई सहयोग पनि गरिरहेका छौं । मानवीय सेवाको लागि एम्बुलेन्स र खानेपानी ट्ंयाकर पनि छ । विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । निम्न आयस्रोत भएका सामाजिक रुपमा पछि रहेका समुदायलाई माथि उकास्न नेपाल सरकार स्वरोजगार कोष अन्र्तगत सरल किस्तामा कृषि क्षेत्र, घरेलु उद्योगमा समेत लगानी गरिदिएको छ । धरानका अधिकांश विपन्न समुदायमा कृषि उत्पादन, पशुपालन, घरेलु खुकुरी उत्पादनमा बराहले धेरैलाई रोजगारी दिएको छ । हामीले यो कम्पनी स्थापना गर्दा नै सामाजिक, आर्थिक रुपमा पछाडि परेका वर्ग समुदायलाई समेट्ने भनेका थियौं यसका लागि सहकारी मार्फत लगानी गरेका छौं । यसले रोजगारीको अवसर सिर्जना गरेको छ । यसका साथै सहकारी मार्फत् सञ्चालन गरिएको एम्वुलेन्सबाट सुनसरी र मोरङ जिल्लामा कमजोर आर्थिक अवस्था भएका र शेयर तथा ग्राहक सदस्यलाई निःशुल्क सेवा प्रदान गरेको छ । यस्तैगरी अशक्त फरक क्षमता भएका ब्यक्तिलाई सहयोग पनि गर्दै आएको छ ।
रजत महोत्सवको तयारी कस्तो छ ?
–अहिले तयारी लगभग पूरा भइसकेको छ । हामीलाई जनताले माया गर्नुभएको छ । हामीले पनि हाम्रा शेयर सदस्य, ग्राहक वर्ग, शुभचिन्तक सबैलाई सम्झने प्रयासमा छौं । यससँगै २५ औं रजत महोत्सव सामाजिक कार्य गरेर नै अघि बढ्ने योजनामा छौं । यतिका वर्षसम्म आइपुग्दा अभिभावकीय भूमिका निर्वाह गर्ने महानुभाव तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई गोल्डमेडल, बराह डिपार्टमेन्ट स्टोरका ग्राहक महानुभावहरूलाई उपहार वितरण, बराह डिपार्टमेन्ट स्टोरका १७ हजार २ सय ४ जना ग्राहकमध्येबाट भाग्यशाली एक जनालाई भेष्पा स्कुटरी प्रदान, सञ्चारकर्मीलाई सम्मानजस्ता कार्यक्रम गर्दै रजत महोत्सव सकिनेछ । ज्वेलरी, डाइमण्ड, कृषि सामग्री प्रदर्शनी गरिने, बराह किड्स सैलुनको उद्घाटन हुनेछ । दिन ७ बजेबाट रक्तदान, कृषि परिकारका प्रदर्शनी एवं जानकारी, बराह डिपार्टमेन्टल स्टोर, सदस्य कार्ड तथा छुटको कुपन वितरण, बराह फेमिली किचनका विभिन्न परिकारको जानकारी, परम्परागत तथा आधुनिक गरगहना निर्माणको प्रत्यक्ष अवलोकन राखिएको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
–विशष गरी बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिलाई आज २५ औं वर्Èसम्म आइपुग्न साथ र सहयोग गर्नु हुने सम्पूर्ण संस्थापक, शेयर सदस्य, आदरणीय ग्राहक सदस्य महानुभाव, शुभचिन्तक, तमाम् नेपालीहरुलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सकारात्मक सल्लाह, सुझाव र सद्भावको अपेक्षा गर्दछौं ।
३६ सय बढीले प्रत्यक्ष, अप्रत्यक्षरूपमा रोजगारी पाएका छन्

गंगा कालिकोटे
प्रशासकीय प्रमुख
हाल के गर्दै हुनुहुन्छ ?
–बराह समूहको २५ औं रजत महोत्सवको तयारीमै व्यस्त छु ।
कतिजना कर्मचारी हुनुहुन्छ ?
–बराह समूहले व्यवसाय विस्तार गरेसँगै ६ सय ५० भन्दा बढीले प्रत्यक्ष र करिब तीन हजारले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
पूर्ण सुरक्षाको ग्यारेण्ट महसुस गर्नुभएको छ त ?
–अवश्य । बराहका ग्राहक, शुभचिन्तक महानुभावहरुले अहिलेसम्म सुरक्षाको पूर्ण प्रत्याभूति पाएको महसुस गरेको छु । बराहले नै सञ्चालन गरेको बस सेवामा पनि सिसि क्यामेरा जडान गरेका छौं । त्यसमा पनि पूर्ण सुरक्षा दिएको महसुस गरेका छौं ।
कर्मचारीका लागि जीवन बीमा पनि गर्नुभो रे नि ?
–अहिलेसम्म कार्यरत् १ सय १ जना कर्मचारीको जीवन बीमा गरेका छौं । १ करोड ५० लाखको बीमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीमार्पmत् गरिएको हो । अहिलेसम्म कुनै प्राइभेट कम्पनी, उद्योग आदिले यस्तो कार्य गरेको छैन, जसबाट कर्मचारीको हित होस् । तर, बराहले उदाहरणीय कार्य गरेको छ भन्ने हामीलाई लागेको छ ।
डिपार्टमेन्ट स्टोरमा छुटको योजना पनि ल्याउनु भएको छ के को लागि हो ?
–बडादशैं तथा २५ औं रजत महोत्सवका अवसरमा डिपार्टमेन्टमा सामान खरिदमा २ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सर्वसाधारण, शेयर सदस्यलगायत सबैले सहज होस् भनेर यस्तो अफर ल्याएका हौं । समयमै सम्पूर्ण ग्राहक, शुभचिन्तकलाई छुटको अवसर लिन हुन अनुरोध गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here