धरानः धरानलाई औद्योगिक ग्राम घोषणा गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन्।
धरानमा आयोजित बराह ग्रुपको २५ औं रजत महोत्सव उद्घाटन अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘धरानलाई औद्योगिक ग्राम घोषणा भइसकेको छ, यहाँको व्यवसाय पनि त्यहाँ राख्दा हुन्छ ।’ उनले भने । उनले धरानस्थित पानबारीमा औद्योगिक ग्राम स्थापना गरिने पनि बताए ।
यसअघि धरान उपमहानगरपालिकाले धरानलाई औद्योगिक ग्राम बनाउने योजना अघि सारेको थियो । जनसहभागितामा विकास भएको धरानलाई सम्वृद्ध बनाउन उपमहानगरले औद्योगिक ग्रामको अवधारणा अघि सारेको हो ।
त्यसका लागि धरान उपमहानगरपालिकाले २० बिगाहा जमिनसमेत छुट्याएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाईमा प्रस्ताव पठाएको थियो । धरानमा औद्योगिक ग्राम स्थापना पछि यहाँ बेरोजगारी समस्या केही हदसम्म हटेर जाने विश्वास गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here