धरानः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पढेलेखेको मान्छेबाटै जनता ठगिने गरेको गुनासो गरेका छन् ।
बराह ग्रुपको २५ औं रजत महोत्सवको उद्घाटन अवसरमा बोल्दै उनले पढेलेखेका मानिसले जनतालाई नठग्न आग्रह गरे । उनले चाडबाडका समयमा व्यापार व्यवसायमा गडबढी गर्न नहुने बताए । ‘मैले भनिसकेको छु, यसपालिको बजारमा गडबढी नहोस् ।’ उनले भने । उनले अनुगमनमा जाँदा काठमाडौंमा अनुगमनकर्तालाई झ्यालबाट मिल्काइदिनेसम्मको काम भएको बताउँदै भने, ‘अहिले पनि झ्यालबाट फाल्दिने मान्छे पनि छन् भन्दा आश्चार्यजनक होे, त्यस्तो गर्नेको हालत खराब छ ।’ उनले भने ।
थुनुवा हुँदाखेरी आफूलाई थाहा भएको बताउँदै उनले भने, ‘कालाबजारी र मिसावट गरेर थुनुवामा पर्नु अपराध हो, जनताको लागि थुनुवामा परौं, पैसाको लागि थुनुवामा नपरौं ।’ सुनचाँदी सौन्दर्यका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उपयोगी भएको उनले बताए ।
कार्यक्रममा बोल्दै अग्रज पत्रकार ऋषि धमलाले कालोबजारी, विचौलियालाई नछाड्न मन्त्री यादवको ध्यानाकर्षण गराए । कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री रामकुमारी चौधरी, वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, नेपाल रत्न तथा आभुषण संघकी केन्द्रीय अध्यक्ष ज्योत्सना श्रेष्ठ सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अभिभावकीय भूमिका निर्वाह गर्ने सहयोगीलाई सम्मान, सर्वाधिक खरिद तथा कारोबारकर्ता १३ जनालाई गोल्डमेडलले सम्मान गरिएको थियो । कार्यक्रममा बराह ज्वेलरी शो, डाइमण्ड प्रदर्शनी, सांस्कृतिक कार्यक्रम लगायतको आयोजना गरिएको थियो ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here