धरानः धरानस्थित बराह ग्रुपको २५ औं रजत जयन्तिका अवसरमा धरानका पत्रकारहरू सम्मानित भएका छन् ।
इन्द्र–बराह प्रोत्साहन पुरस्कारबाट गंगा पौडेल (बराल), रत्न आचार्य र लम्जेल सङ्घर्षशील सम्मानित भएका छन् । कार्यक्रममा रजत जयन्ति सम्मानबाट रत्नप्रसाद आचार्य, सन्तोष काफ्ले, भैरव आङ्ला, गोपाल दाहाल, गोपाल कामत, विनय प्रधानलाई सम्मान गरिएको थियो ।
उनीहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमकी विशेष अतिथि कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश नं. १ की उपसभामुख सरस्वती पोख्रेल, बराह ग्रुपका शिवकुमार लामिछाने, बराह ग्रुपका सदस्य मानबहादुर विश्वकर्मा लगायतले नगद, खदा साथै प्रमाणपत्र प्रदान गरेका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here