धरानः फिल्ड मार्सल स्याम मानिक्साको एउटा चर्चित भनाइ छ–यदि कसैले मर्नदेखि डराउँदिन भन्छ भने कि त उसले झुट बोलेको हुनुपर्छ कि त ऊ गोर्खाली हुनुपर्छ ।’
गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् । हाम्रो देश पुर्खाको विरताले आर्जेको देश हो । आफ्नो देशको माया कसलाई पो लाग्दैन होला र आखिर जहाँ भएपनि यो मन त हाम्रो नेपाली नै हो । आफ्नो जन्मभूमि को माया कति लाग्छ भन्ने कुरा कि त लडाइँको मैदानमा होमिएको सिपाहीलाई कि त विदेशिएका जुनसुकै नेपालीलाई सोध्यो भने थाहा हुन्छ । सायद त्यही भएर होला जहाँ भएपनि नेपालीहरुको मुटुमा देशप्रेम हटेको हँुदैन ।
नेपाल आमाका हरेक राष्ट्र प्रेमी नेपालीहरुले राष्ट्रको लागि सोच्नु र गर्नु पर्नेबेला आएको छ, अहिलेको आवश्यकता भनेको राष्ट्रियता हो । अमेरिकामा बसेर नेपाली गीत संगीतमा निरन्तर क्रियाशील राष्ट्रप्रेमी युवापुस्ताका सर्जक कलाकारहरुले सोही कुरालाई महसुस गरेर भर्खरै मात्र ‘गोर्खे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
यस गीतमा स्वर प्रतिभाशाली गायक किरण गजमेरको रहेको छ । गीतका शब्द नारायण ढुंगाना र प्रलाद ढुंगानाले मिलेर लेखेका हुन् । गीतमा संगीत रुपेश म्न्ल्ब् को रहेको छ । गोपाल रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा विभिन्न कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । लक्ष्मी बर्देवा सह निर्देशक रहेको यस भिडियोलाई चर्चित युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । हरि घिमिरेको लगानीमा भिडियो निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here