सुनसरीः सुनसरीको इटहरी-१७ नमूना टोलस्थि तराजमार्गमा मोटरसाइकलको ठक्करबाट ७५ वर्षीया एक वृद्धाको मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को४प ३५३१ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने ७५ वर्षीया पार्वतीदेवी चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी उनलाई स्थानीय मेडिकलमा उपचार गराएपश्चात घर लगिएकोमा बिहान ५ बजेको समयमा उनको मृत्यु भएको थियो । मोटरसाइकल र मोटरसाइकल चालक सुनसरीको बराह नगरपालिका–३ बस्ने रमेश राई लाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here