दिलकुमार लिम्बू
ताप्लेजुङः ताप्लेजुङको फुङलिङमा असोज १२ गतेदेखि जारी लिम्बू विद्यार्थी मञ्चको ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
दिपा लक्समको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित गर्दै महाधिवेशन सम्पन्न भएको हो । अधिवेशनले वरिष्ठ उपाध्यमा नितेश सिंघक, उपाध्यक्षहरूमा विक्रम शेर्मा, रामकुमार लिङदम, राजेश इवाहाङ, दमन्ता साँवा र मोहन मावो, महासचिवमा गुल्सन आङबुहाङ, उपमहासचिवमा प्रदिप नयोङ र सागर सरगम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा सेमी तुम्वापो, तारावीर मोरोहाङ, प्रविण सेलिङ, डिल्ली लुङफ्ङवा रहेको छ भने कोषाध्यक्षमा मन कुमार योङहाङ रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा सितकुमार थेगिम, जुनु लिम्बु (सृष्टि), सन्तोषी लिङदेन, सोममाया लिम्बू, संजिव लिम्बू, स्मृती कन्दङवा, रेखा लावती, श्री लिङखिम, मेरिता लिम्बू, उपेन्द्र याक्सो, मनु लिम्बू र दिवस लावती सर्वसम्मत निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष लक्समलाई अध्यक्ष मण्डलका अध्यक्ष किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम योङहाङले सपथ ग्रहण गराएका थिए भने समितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाइ निर्वाचित अध्यक्ष लक्समले सपथ ग्रहण गराएका थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here