धरानः लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले पूर्वाञ्चल बागिना कला केन्द्र धरानले आयोजना गरेको गायन र सौन्दर्य प्रतियोगिता मिस स्टेट १ को फाइनल आज सभागृहमा हुँदैछ ।
सौन्दर्य प्रतियोगितातर्फ स्यारोन लिम्बू, मेघना न्यौपाने, अकु राई, प्रिजा राई, प्रेरणा राई, रिमा लिम्बू, निशा योगी, नारायणी लिम्बू, युनिमा लिम्बू, कृसिना श्रेष्ठ, रक्षा खत्री, सिर्जना राई, उवालेना चौधरी प्रतिस्पर्धामा छन् । कार्यक्रममा कोरियोग्राफर मेरिना तुम्सा रहेकी छिन् ।
दुवै विद्याको अडिसन सँगसँगै भइरहेको कार्यक्रम संयोजक एवं अध्यक्ष राईले जानकारी दिए । कोरियोग्राफरमा सञ्चारकर्मी एवम् मोडल मेरिनाले मिस स्टेट १ विजेताले स्टेजमै स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्ने बताइन् । यसैगरी, फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् । यसैगरी, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, बेष्ट स्माइल, बेष्ट फिगर, बेष्ट क्याटवाक, मिस चार्मिङ, मिस एसएमएस भोटिङ, मिस फोटोजेनिक र मिस एक्टीभ अवार्ड समेत प्रदान गरिने छ ।
गायनतर्फको विजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रकर्ड र एक म्यूजिक भिडियो र एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्ने छन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमसः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क संगीत सिक्ने अवसर र एउटा गीटार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, विद्यागत पुरस्कारतर्फ बेष्ट भोकलिष्ट, बेष्ट डिस्प्लिन, बेष्ट परफमेन्स र बेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ । २०६९ सालमा स्थापना भएको केन्द्रले ०७० सालदेखि निरन्तर गायन प्रतियोगीता आयोजना गदै आएको छ भने सौन्दर्य प्रतियोगिता गत वर्षदेखि शुरु गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here