धरानः धरान हिपहप र पप साथै आधुनिकतामा रमाउने गर्दछन् तर पनि लोकसंस्कृति लोप हुने अवस्थामा छ । यसको जर्गेना गर्न धरानमै लोकदोहोरी सञ्चालनमा आएको छ ।
दशैंको मुखैमा ‘बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार’ सञ्चालनमा आएको छ । धरानको बगरकोटमा नै पहिलोपटक यस्तो दोहोरी सञ्चालनमा आएको हो ।
धरान–१५ का अध्यक्ष नरेश इवारमले रिबन काटेर उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा सबै सेवाहरूमा १० प्रतिशत छुट रहेको लाउन्जका व्यवस्थापक शुक्र मेन्याङ्बोले बताए । पूर्ण पारिवारिक वातावरण तथा सुरक्षाको पूर्ण प्रत्याभूति रहेको लाउन्जमा साँझ ६ बजेदेखि साढे १० बजेसम्म पूर्वेली तथा पश्चिमेली लोक भाकाहरूको प्रस्तुति रहने उनले बताए ।
१० लाखको लागतमा सुरू गरिएको लाउन्जका प्रबन्ध निर्देशक नरेन्द्र इवारमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here