धरानः भेडेटार छेउमा रहेको चर्चित नाम्जे गाउँस्थित सञ्चालित ‘नाम्जे थुम्की होमस्टे’ नेपालकै उत्कृष्ट सामुदायिक होमस्टेको रुपमा घोषणा गरिएको छ ।
घोषणापछि उसले सम्मान पनि पायो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा घोषणा गर्दै सम्मान गरेको हो ।
नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाका अनुसार होमस्टेलाई आव २०७५।०७६ को उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरिएको हो । पर्यटन आगमनको संख्या, भ्रमण कार्यक्रमको व्यवस्थापन, उपलब्ध पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नतालाई आधार बनाएर छनौट गरिएको हो । होमस्टेलाई पर्यटन मन्त्रालयले गरेका सम्मानले थप जिम्मेवारी बनाएको अध्यक्ष रानाले बताए ।
नाम्जेको होमस्टे (घरबास कार्यक्रम) ले पर्यटक तान्न मात्रै थालेको छैन पर्यटकलाई बस्नका लागि सबै होमस्टेमा पर्यटक भरिन्छन् । ग्रामीण जनता माविमा प्रअ टङ्क भुजेलले दिनहुँजसो आन्तरिक र बाह्य पर्यटक बढेको र बास बस्नका लागि व्यवस्था मिलाइदिन आग्रह समेत गर्ने गरेको बताए ।
हाल नाम्जेमा १९ घरमा होमस्टे छ । १९ वटै घरमा पाहुनाले भरिने गरेको स्थानीय समाजसेवी हर्कप्रसाद लामाले बताउँछन् । नाम्जेले १९ सूचीकृत होमस्टेमा १२० जना र १३ होटलमा १०० हाराहारी अटाउन सक्ने क्षमता राख्छ ।
स्थानीय अनिल राना मगर होमस्टे सञ्चालन भएको छोटै अवधिमा पर्यटकको ध्यान तानिएको र यसबाट स्थानीय निकै उत्साही र लाभान्वित बन्दै आएको बताए । यहाँको हुर्रानाच प्रख्यात छ बनेको छ । यहाँ भएका अर्गाििनक चिया कृषि, पुरानो संस्कृति, ग्रिन भिलेज टुरिजम, जैविक विविधता, आत्मा बस्ने घर आदिले पर्यटक डोहोरयाउने गरेको छ ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here