धरानः धनकुटा बोधेकी रजनी लिम्बू धरानमा सम्पन्न दोस्रो ‘मिस स्टेट १’ को विजेता बनेकी छिन् ।
उनी मिस स्टेट १ को कोरियोग्राफर एवम् मोडल मेरिना तुम्सा लिम्बूकी बहिनी हुन् । उनले सुजुकीको लेट्स ब्राण्डको स्कुटी स्टेजमै पाइन् । यसअघिकी विजेता रमिला बस्नेतले उनलाई क्राउन र अवार्ड प्रदान गरिन् । उनले मिस ट्यालेन्ट, मिस डिसिप्लीनको उपाधि पनि जितिन् ।
यस्तै, खोटाङकी युरिका राई फस्ट रनर अप बन्दै नगद ५० हजार प्राप्त गरिन् । उनलाई यसअघिकी फस्ट रनरअप प्रज्ञा गिरीले क्राउन र अवार्ड प्रदान गरिन् । उनले मिस भिवर च्वाइसको उपाधि पनि जितेकी थिइन् । त्यस्तै, धरानकी स्यारोन सुब्बा सेकेण्ड रनरअप बन्दै नगद २५ हजार, क्राउन र अवार्ड प्राप्त गरिन् । यसअघिकी विजेता निशा गुरुङले उनलाई क्राउन पहिरयाएकी थिइन् । उनले मिस वेष्ट स्माइलको उपाधि पनि जितिन् ।
यस्तै, टाइटल अवार्ड अन्तर्गत मिस क्याटोगोर सावित्री झा, मिस पम्चुअल निशा योगी, मिस वेष्ट क्याटवक संगीता चौधरी, मिस पब्लिक उषा राई, मिस मस्ट इन्टेलिजन्ट अकु राई, मिस पर्सनालिटी श्रद्धा रिजाल, मिस फोटोजेकि सिर्जना लिम्बू, मिस इन्टएक्चुअल मेघा न्यौपाने, मिस वेष्ट फिगर नारायणी लिम्बू, मिस वेष्ट स्माइल स्यारोन सुब्बाले हात पारे ।
कार्यक्रमका निर्णायक वरिष्ठ कोरियोग्राफर एवम् मोडल हिमानी सुब्बा, कथा लेखक तथा आइजिङका अध्यक्ष कमल खतिवडा, वाइट हाउस कलेज धरानका सिइओ एवम् चलचित्र निर्माता निर्देशक अरुणकुमार प्रधान, बीपी प्रतिष्ठानकी डाक्टर एवम् मिस लिम्बू २०१४ का फस्ट रनरअप एलिसा वनेम, मिस नेपाल आइडल २०१९ की विजेता निमा ल्यामु शेर्पा रहेका थिए । कार्यक्रम पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा भएको हो । यो दोस्रो सिजन हो ।
यसैबीच पूर्वाञ्चल सिङ्गीङ स्टार सिजन ७ को विजेता मोरङका सुमित राई घोषित भएका छन् । उनले टप १० विजेतासँग प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा उनले नगद ५० हजार, २ वटा गीत रेकर्ड, १ वटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा गिटार पाएका छन् । यस्तै, भोजपुरकी बबिना राई फस्ट रनर अप बन्दै २५ हजार नगद, १ वटा गीत रेकर्ड, ६ महिने निःशुल्क म्युजिक कोर्ष र गिटार पाइन् । सेकेण्ड रनरअप बन्ने सोलुखुम्बुका सुवास वनले १५ हजार रुपैयाँ, १ वटा गीत रेकर्ड, ३ महिने निःशुल्क म्युजिक कोर्ष साथमा गिटार पाए । यस्तै, वेष्ट भोकल, वेष्ट डिसिप्लिन, वेष्ट परफमेन्स, वेष्ट पब्लिक च्वाइसजस्ता अवार्ड जस्ता अवार्ड पनि प्रदान गरिएको आयोजक कला केन्द्रका अध्यक्ष भक्तिराज राईले जानकारी दिए । कार्यक्रमको निर्णायकमा गायक एवम् संगीतकार विशाल राई र माकिम राई रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका भूपू मेयर मनोजकुमार मेन्याङ्बो थिए भने कार्यक्रममा कांग्रेस नेता सुजेन्द्र तामाङलगायतको उपस्थिति थियो ।
प्रदेश नं. १ का १५ वर्ष उमेरदेखि रहेका अविवाहित युवायुवतीहरूलाई लक्ष्यित गरी यसअघि पनि मिस स्टेट १ हुँदै आएको छ । देशको भाषा, कला, संस्कृति, पर्यटन, अर्थतन्त्र, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको बारेमा सुसुचित गराउँदै कलाको माध्यमद्वारा समुन्नत राष्ट्र निर्माणमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक राईले जानकारी दिए । पूर्वाञ्चलका विभिन्न दुर्गम र विकट क्षेत्रमा रही प्रतिभा भएर पनि अवसरको कमीले ओझेलमा परेका नव युवा प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना हुँदै आएको उनले बताए । केन्द्रले वि.सं. २०७० सालदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।
तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here