धरानः हाम्रो कोशी आवाज डटकम र हाम्रो कोशी आवाज साप्ताहिकका फोटो पत्रकार लक्ष्मण थापासहित दुईजना पत्रकार सम्मानित भएका छन् ।
पूर्वाञ्चल बागिना कला केन्द्र धरानले आयोजना गरेको मिस स्टेट १ र पूर्वाञ्चल सिङ्गीङ स्टारको समापन समारोहमा कार्यक्रमको प्रचारप्रसार र पत्रकारितामार्फत् योगदान गरेको भन्दै उनीहरूलाई सम्मानित गरिएको हो । सम्मानित हुनेमा हिमशिखर टेलिभिजनका गोविन्द बस्नेत र जनता टेलिभिजनका दिनेश गजमेर रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि धरान नगरपालिकाका भूपू मेयर मनोजकुमार मेन्याङ्बो, कांग्रेस नेता सुजेन्द्र तामाङ, कार्यक्रम संयोजक एवम् केन्द्रका अध्यक्ष भक्तिराज राईलगायतले सम्मानपत्र, खदा साथै नगद ५ हजार ५५ रूपैयाँले उनीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा किड्स सुपर मोडल २०१९ की विजेता युना खापुङलाई पनि सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here