धरानः चाडवाड भित्रिएसँगै धरानबाट पहाडी क्षेत्र फिर्ने बढेका छन् । संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटालगायतका पहाडी क्षेत्रमा जानेको भानुचोकमा लर्को छ । ८०–८५ यात्रुबाहक बसहरू धरानबाट बाहिरिने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहानै भानुचोक पुग्यो भने बस नपाएर भानुचोकमा बसको प्रतिक्षा गरिरहेका भेटिन्छन् । कमै बस पहाडी क्षेत्रमा जाने भएपछि यात्रुले ट्याक्सीमा दोब्बर भाडा समेत तिर्न बाध्य बनेको बताएका छन् । ‘ट्याक्सीमा पनि दोब्बर भाडा भन्छन्, बसमा खुट्टो लगाउने ठाउँ छैन, हामीजस्ता गरिबले कसरी यात्रा गर्ने होला ?’ संखुवासभा चैनपुरका विक्रम श्रेष्ठले भने ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here