धरानः दशैंलाई खाने, लाउने चाड पनि हो भनिन्छ । दशैंमा लत्ताकपडा नफेर्ने कमै होलान् । राम्रो–राम्रो लत्ताकपडा किनेर पनि रमाउन गरिन्छ । बजारमा अहिले फेसनेबल कपडाकै दबदबा रहेको छ । ‘युवापुस्ताले फेसनेबल कपडा नै रोज्छन्’, जेन्टस् पार्कका सञ्चालक विसन राई भन्छन्, ‘धराने पुस्तालाई त दशैं लागिसकेको छ, अहिले पनि बजारमा फेसनेबल कपडा छान्न आतुर छन् ।’
धरान–९ गौतमपथमा रहेको हिमाल कलेक्सनकी टंककुमारी गुरूङले धरानमा फेसनेबल कपडा भित्रिने हुनाले अहिले घुइँचो बढ्दो छ । धरान–९ गौतमपथमा कपडा छान्दा भेटिएका धरानका विशाल श्रेष्ठले आफूलाई सुहाउने र फेसनेबल कपडाको खोजीमा रहेको बताए । ‘जति कपडा हेर्छु तर चित्त बुझ्दो हेर्छु ।’
‘पहिला नयाँ खालका कपडा के आए होलान् भनेर हेर्छु, कपडा पसल चहार्छु अनि चुज गरेर छान्छु’, धरान–१५ का विक्रम राईले भने, ‘आँखा लाग्ने कपडा देखेपछि पहिरिएर हिँडछु ।’ ब्यापारीहरूले पनि नयाँ डिजाइन र फेसनका कपडा भित्र्याउँदै आएका छन् । ‘यसपटक फेसनेबल कपडा नै भित्र्याएका छौं’, जेन्टस पार्कमा झलक योगीले भने, ‘ग्राहकले भनेजस्ता नयाँ फेसनका सामान पनि छैन भन्दा खल्लो हुन्छ, त्यसैले धरानका लागि फेसनेबल कपडा ल्याएको छौं ।’
जेन्टस् पार्कका सञ्चालक विसन राई फेसनले धरानलाई छिटो तान्छ, भन्छन् । त्यसैले त्यस्तै प्रकारका कपडा भित्र्याएको उनले बताए । ‘फेसनेबल कपडा भित्र्याएन भने व्यापारमा गिरावट आउँछ भन्ने मैले बुझेको छु, त्यसैले धरानलाई सुहाउने कपडा ब्राण्डेड कपडा भित्र्याएको छु ।’ अहिले धरानका प्रायः सबै फेसन आइटम बेच्ने पसलहरूको कथा उस्तै छ । ‘दशैंका बेला खुट्टा टेक्ने ठाउँ हुँदैन, यो ठाउँमा ग्राहक नयाँ नयाँ ब्राण्ड भित्रिन्छ भनेर नै छिर्छन्’, उनले भने । उनको पसलमा जेन्स आइटम सुज, पेन्ट, टिसर्ट, भेष्ट, ब्याग, जुत्ता आदि पाइने उनले बताए ।
फेसन पछ्याउनेहरूका लागि जाडो महिना पनि ‘फेसेनेबल सिजन’कै रूपमा लिइन्छ । न्यानो साथै आफूलाई फेसेनेबल देखाउन केही कुरामा भने पक्कै पनि ध्यान दिनुपर्ने हुन्छ । अहिलेका युवापुस्ता ग्ल्यामरस र स्यासी लुक देखिन गर्मी मौसम पर्खेर बस्दैनन् । पातला र छोटा कपडा मात्र फेसन होइन भन्नेहरू पनि नभएका होइनन् । जाडोमा फिटिङ जिन्स, भुवादार ज्याकेट र घुडासम्म आउने बुट लगाएर हिँड्दा पनि युवतीहरू निकै ‘स्टाइलिस्ट’ देखिन्छन् । पहिरन अनुसार रङ मिलाएर टोपी, मफ्लर र हातमा पञ्जा लगाउने फेसन पनि चलेको छ ।
धरान–१२ की प्रिया श्रेष्ठ प्रायः सबै कपडा बुटिकमै तयार पारेको लगाउन मन पराउँछिन् । बुटिकमा तयार गरिएका कपडा स्टाइलिस्ट फेशनेवल, कलर कम्बिनेशन मिलाइएको हुने हुनाले यसतर्फ आकर्षित बन्दै पहिरन जति बुटिकमै तयार गर्न लगाउने बताउँछिन् ।
दशैंको पारिवारिक माहौलमा जम्न साथै पार्टीमा जान पनि सजिलो र राम्रो देखिने हुनाले यसतर्फ युवती र महिला आकर्षित हुने गरेको गीताज स्टुडियो धरान–९ की प्रोप्राइटर गीता गुरूङ बताउँछिन् । बाहिरको सजावट र तडकभडकको कारण बुटिकमा तयार पारिएका पोशाक महङ्गो हन्छ भन्ने सोचाइलाई चिर्दै उनी भन्छिन्, ‘हुँदैन महङ्गो बुटिकको कपडा ।’
युना कटिङ सेन्टर धरान–९ की प्रोप्राइटर विमला कोइराला अहिलेका पुस्ता बुटिकतर्फ आकर्षित बनेको बताउँछिन् ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here