धरानः बडादशैंको अवसरमा वर्षेनी खुशी साट्दै आएका नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजका महासचिव कुमार कार्कीले यस वर्ष पनि खुशी साटेका छन् ।
विगत ६ वर्ष अघिदेखि प्रत्येक वर्ष महासचिव कार्कीले धनकुटाको मूलघाटमा रहेको विश्रान्ती आश्रममा दशैको खुशी साट्न पुगेका छन् । कार्कीले वर्षेनी दशैको अवसरमा घरपरिवारबाट अलग्गिएर बसेका वृद्धवृद्धाहरुलाई खाना खुवाउँछन् । यसवर्ष पनि कार्कीले आफ्नो परिवारसहित आश्रम पुगेर शुक्रबार आश्रममा आश्रित रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाएका छन् । आश्रममा रहेका ५३ जनालाई उनले मासुभात खुवाएका हुन् । दशैंको अवसरमा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दशैं आएको महसुस गराउन वर्षेनी खाना खुवाउने गरेको कार्कीले बताए ।
करिब ४० हजार रुपैयाँको खानेकुरा लगेर उनीहरुसँगै दशैको शुरुवात गर्न पाउँदा खुशी लाग्ने गरेको उनी बताउँछन् । उनले भने, ‘कोही परिवारबाट अपहेलित भएर आएका छन्, कोही विभिन्न समस्याहरु भएर आश्रममा बसेका छन्, उनीहरुलाई दशैंको बोध गराउँदै वृद्धवृद्धाहरुको खुशीका लागि कार्यक्रमको आयोजना गर्दै आएको छु ।’ आश्रममा करिब ६० वर्षदेखि माथि १ सय ५ वर्षसम्मका वृद्धवृद्धा बस्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here