धरानः ब्रिटिस गोर्खा सैनिक अझै विभेद र समस्यामा रहेको भन्दै खबरदारी गरिरहेका छन् । अवको आन्दोलनले सडक सदन र अदालती भएको बताए । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले गोर्खा विभेद आन्दोलनलाई संयुक्त राष्ट्र सङ्घसम्म पुरयाएरै छाडिने बताएका छन् । धरानमा आयोजित भेटघाट कार्यक्रम उनले भने, ‘अझै गोर्खा सैनिक समस्यामै छन्, त्यसैको अब अन्तर्राष्ट्रिय सम्मेलन गर्दै श्वेतपत्र जारी गर्दै अगाडि बढ्नेछौं ।’
गोर्खा सैनिकको समस्या राष्ट्रिय समस्या भएको भन्दै नेपाल सरकारसहित परराष्ट्र मन्त्रालयले खासै चासो नदेखाएको उनको कथन थियो । आगामी नोभेम्बर ४ र ५ तारिखमा हुने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको उनले बताए । यसअघि नेपाल सरकार र बेलायती सरकारका प्राविधिक टोलिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गराउनकै लागि अन्तर्राष्ट्रिय सम्मेलन गरि श्वेतपत्र जारी गरिने उनको भनाइ थियो ।
काठमाडौमा हुने सम्मेलनमा नेपालका ६ जना पूर्व प्रधानमन्त्री समेत सहभागी हुने उनले बताए । सम्मेलनमा ब्रिटिस सैनिकको मानव अधिकार लगायतका कार्यपत्र पेश गरी छलफल पश्चात् श्वेतपत्र जारी गरिने गजेन्द्र इस्वोले जानकारी दिए ।
गोर्खा सैनिकको हितको लागि १३ बुँदे मागमा क्षतिपूर्ति र समान अधिकार मुख्य रहेको सत्याग्रहका राईले बताए । उनले बेलायती नागरिक सैनिक र गोर्खा सैनिकबीच विभेद रहेकोले नै ६ वटा संस्था मिलेर गोर्खा सत्याग्रह मार्फत् आन्दोलन भइरहेको बताए ।
बेलायत सरकारले सन १९४७ को त्रिपक्षीय सन्धि उलङ्घन गरेको संयुक्त राष्ट्र सङ्घको वडापत्र अनुसार समान काममा समान ज्याला उलंघन गरेको र सन १९७६ को बेलायती सरकारले पास गरेको रेस एक्टकोको समेत उल्लङ्घन गरेको दाबी गरेको छ । गोर्खा सैनिक र बेलायती नागरिक सैनिकले समान तलब समान सेवा पाउनुपर्नेमा विभेद भएको उनको दावी थियो । त्यही विभेद विरुद्ध नै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले संघर्ष गरिरहेको उनको भनाइ छ ।
गोर्खा सैनिकको विभेदबारे नेपाल सरकारले केही गर्न नै नचाहेको उनको आरोप थियो । ‘एकातिर बेलायत सरकारले विभेद गरिरहेको छ भने अर्कोतर्फ नेपाल सरकारले पनि पहल गरेकै छैन ।’ उनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here