धरानः धरानमा मेयरको लागि उपनिर्वाचनको चरणमा रहेको बेला कांग्रेस, लिम्बुवानका नेता नेकपामा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका पुराना कार्यकर्ता सिद्धिकर्ण शर्मा, उद्योग वाणिज्य सङ्घ सुनसरीका उपाध्यक्ष समेत रहेका शिवराज श्रेष्ठ, संघीय लिम्बुवानका स्वर्णिमहाङ फोम्बो, राप्रपा नेपालका अर्जुनकुमार विश्वकर्मा, धरान–१२ की सुभेच्छा अधिकारी नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम आचार्यलगायतले उनीहरूलाई अविर लगाइदिएका थिए । नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले नेकपा कुनै पनि हालतमा गलत नहुने बताए । कम्युनिष्ट पार्टीको इन्चार्ज भएको नाताले विकासको भूमिका सबैको सहयोगी भूमिका आवश्यक भएको उनको कथन थियो । विकासको नाममा राजनीति नगर्न आग्रह गर्दै उनले धरानका मुख्य एजेन्डा नेकपाले पूरा गरेरै छाड्ने बताए । नेकपाको सरकार भइसकेपछि पहिलाको भन्दा ५ गुणाभन्दा बढी काम भएको उनको भनाइ थियो । उपनिर्वाचनमा स्वस्थ आलोचना, स्वस्थ प्रतिस्पर्धात्मक ढङ्गले अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कत कार्की, प्रदेश कमिटी सदस्य मुक्सामहाङ मेन्याङ्बो, सांसद् उमिता बराइली, जिल्ला सदस्य प्रकाश राई, धरान उपमहानगरपालिकाकी कार्यवाह प्रमुख मञ्जु भण्डारी, कांग्रेस नगर सचिव श्याम पोख्रेल, पार्टी प्रवेश गर्ने फोम्बोलगायतले बोलेका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य धर्मराज निरौला, किरण राई, सांसद् जयकुमार राई, जिल्ला सदस्य विजय राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेकपा नगर अध्यक्ष नारायण सुवेदीले गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here