धरानः हाल अमेरिकामा रहेकी गायिका नविता पौड्यालले केहीदिनअघि सार्वजनिक गरेको म्युजिक भिडियो ‘बरिलै’ छोटो समयमै मिलियन क्लबमा प्रवेश गरेको छ ।
भिडियोले दर्शक स्रोताबाट ५०० बढी सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ भने मिडिया हाउसबाट पनि राम्रो साथ पाइरहेको छ । नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायनलाई स्रोताले रुचाएका छन् भने टिकटकबाट भाइरल भएका अमर र अमृतलाई समेत दर्शकले मन पराएका छन् ।
गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ । दीपक शर्माले गीतको लय संकलन गरेका हुन् भने शर्माले नै यस गीतको शब्द लेखेका हुन् । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन् ।
भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ भने जुम्ल्याहा दाजुभाइ अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन् । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here