धरानः हङकङमा बसोबास गर्ने धराने गायक कवि राईले लामो समयको अन्तरालपछि नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
६ वर्षअघि ‘आमा’ एल्वम निकालेका गायक कविले ‘ मत कुनै फूल भए हुन्थ्यो’ बोलको गीत म्युजिक भिडियोसहित रिलिज गरेका छन् । विभिन्न टिभी च्यानल तथा बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट रिलिज गरिएको गायक कविको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल नीराजन प्रधान र रेखा लिम्बूकोअभिनय रहेको छ भने सोनाम पाख्रिनको निर्देशन रहेको छ । विकास दाहालको सम्पादन तथा बुद्ध थापाको छायाङ्कन रहेको गीतको सङ्गीत नवराम राई र शब्द सञ्जु राईको रहेको छ।
लामो समयपछि आएको आफ्नो गीतको राम्रो प्रतिक्रिया पाइरहेको रअझ काम गर्ने हौसला मिलेको गायक कवि बताउँछन् । विगतमा उनले आमा कवि र रेल्वे ब्याण्ड एल्वम ल्याइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here