भगवान खनाल
यसो विद्यालयका कक्षाकोठा हेर्ने हो भने बालसुलभ क्रियाकलाप, अभिव्यक्ति वा कार्य देख्न पाइन्छ । कक्षाकोठाका ढोकामा केरमेट गरेको वा लेखेको पाइन्छ । त्यहाँ शब्दांश, अक्षर वा चित्रहरू देख्न सकिन्छ । कतिपय सजिलै बुझिए पनि कुनैचाहिँ बुझ्न सकिन्न । एक दिन कहिल्यै नगएका मेरा आँखा गहिराइका साथ कक्षाकोठाका ढोकामा पुगे । त्यहाँ त हेर्दाहेर्दै चित्रदेखि अक्षर, शब्द, शब्दांश र वाक्यहरू देखें । आफू बसिरहेको कक्षाबाट अर्को कक्षामा पनि तुरन्तै गएर हेरें । त्यहाँ पनि उस्तैगरी कोरिएको रहेछ । गजबै लाग्यो । ढोकामा लेखिएका शब्दलगायतलाई चिर्कटोमा उतारें ।
म बसिरहेको ढोकाको सबैभन्दा माथि कम्प्युटरसम्बन्धी लेखिएको चार्ट थियो । त्यो कलमले लेखिएको हो । अलि पुरानो भइसकेको छ । चार्टको एउटा कुना अलिकति च्यातिएको पनि छ र मुनि भागमा केरिएको पनि छ । त्यसलाई एक विद्यार्थीले बनाएका रहेछन्, किनकि त्यहाँ उनको नाम अंकित छ । यसैगरी ढोकामा विद्यालय प्रशासनले टाँस गरेको सानो कागज पनि भेटियो, जसमा कक्षा, सदन उल्लेख छ र सदनलाई केरेर फेरि अर्को पटक लेखिएको छ ।
एक वाक्यांशमा ‘प्लिज डन्ट टक इन नेपाली’ छ भने कतै क्लास, सदनको नाम, धौलागिरीलगायतका शब्द छन् । यसैगरी गमला, मान्छेको टाउको र औंलाका चित्रहरू छन् । ढोकामा कोसी, धौलागिरी, काबरु, गणेश र मेची नामक सदन लेखिएको छ । कक्षा लेखिएको छ— ४ र ५ । प्रायःजसो सबै कालो मार्कर पेनले लेखिएको छ । लेखिएको क्षेत्र करिब ५ फिटको ढोकामा मध्यभागमा पर्छ । जुन ताला–चाबी झुन्ड्याउने चुकुलको क्षेत्र हो । त्यसवरपर मात्र धेरै लेखिएको छ । साना कक्षाका विद्यार्थी पढ्ने भएकाले उनीहरूको उमेर र उचाइले पनि त्यस्तो अनुमान लगाउन सकिन्छ । थोरै क्षेत्रमा धेरै केरकार गरिएको छ । कतिपयमा अक्षरमुनि धर्सो पनि तानिएको छ । एकै शब्द र अर्थका शब्द दोहोरिएका छन् । कतै चित्र र कार्टुनजस्तो पनि छ । फूल, औंला, मानिसको स्ट्याच्चुजस्तो पनि देखिन्छ । ढोकामा रंग भने लगाएको थिएन । ह्याप्पी डे, ह्याप्पी अलवेज, वेलकम, वेलकम इन क्लास, प्लिज टक नेपाली, ओके पनि लेखिएको छ । ढोकामा केही अन्य चिजबिज बेलाबेला टाँस गरेर च्यातिएको पनि देखिन्छ । यो सायद प्रशासनबाटै भएको पनि हुन सक्छ । अक्षरहरू एकनासका छैनन् । अलगअलग हातले लेखेका हुन कि रु एकाध स्थानमा टिपेक्स वा पर्मानेन्टले पनि लेखिएको जस्तो छ।
केही आश्चर्यजनक शब्द, शब्दांश पनि छन् । जस्तै हेहेहे, आई लभ यू । लभ शब्द पानको पाताकारको चित्रभित्र र यू अक्षर बाहिर छ । उता साइन्स, मी, सिर्जना, योर ब्युटिफुल ९यसको मुनि कोठाभित्र विदेशी भाषाको अक्षर० पनि छन् ।
त्यसैबखत विद्यालयका सञ्चालक(शिक्षक(प्रशासक कोठामा आए । विद्यार्थीले ढोकामा किन लेखेका होलान् भनेर सोध्दा उनले भने, कक्षाका मोनिटरका साथमा मार्कर दिन्छौं, त्यसैले लेखे होलान् । विद्यालय कप्तान, उपकप्तान्, कक्षा र सदनको कप्तान, उपकप्तान, मनिटरलगायतका नेतृत्व चुनिन्छ । कक्षा मनिटरले लेखे कि भनेपनि प्रमाण थिएन ।
यसरी लेख्नुमा पक्कै पनि लेख्ने प्ररेणा, रुचि र चेतनाले काम गरेको पनि हुनसक्छ, जसले लेखे पनि त्यहाँ उसको अभिवृत्ति, क्षमता, मनोविज्ञान चित्रित भएको देखिन्छ । बालबालिकामा स्वभाव, रुचि, आदत, सिकाइ र काम गर्ने प्रक्रिया अरूको भन्दा भिन्न हुन्छ । सिकाइमा वंशाणुगत गुण र वातावरणको भूमिका हुन्छ । अभ्यास, मेहनत, लगाव, रुचि र अवसरले बालबालिकाको प्रतिभा तिखारिन्छ । बालबालिकाले कक्षाकोठाका ढोका, कालोपाटी(सेतोपाटीको छेउकुना वा डेस्कबेन्च, कुर्ची, भित्तामा लेख्नुले उनीहरूको मनोविज्ञान दर्साउँछ । शिक्षकले लेख्ने चक, मार्करलगायत पाए भने बालसुलभ कार्य गर्न पछि पर्दैनन् भन्ने पनि हो । यस्ता अभिव्यक्तिलाई प्राज्ञिक अनुसन्धान वा अध्ययन गरी निष्कर्ष निकाल्न नसकिने पनि होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here