दिलकुमार लिम्बू
ताप्लेजुङः नेपाल कमनिष्ट पाटी नेकपाका प्रवक्ता नरायणकाजी श्रेष्ठले नेपालको कालापानी र लिपुलेक कुनै पनि कारणले भारतको हुन नसक्ने बताए ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिमा शनिबार प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले हालसालै भारतले प्रकाशित राजनीतिक नक्सामा नेपाली भूमिलाई समेटेर सार्वजर्निक गरेको प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा आलीले आजै सबै मन्त्रीहरु बोलाएर समस्या सामधानको लागि बाटो खोज्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेपाल स्वतन्त्र देश भएकोले कहिँकतैबाट बाहिरी हस्तक्षेप नहोस् भनेर सरकारले पहिलो प्राथमिकताको साथ हस्तक्षेपमुक्त प्रक्रियाबाट राष्ट्रिय नीति तथा कानुनहरु बनाइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सरकार संविधान कार्यान्वयन प्रक्रियामा मौलिक हकको निमित्त कामहरु अगाडी बढिरहेको र नेपालमा पहिलो पटक संघीयताका अभ्यास गरिहेकोले केही समस्याहरु रहेको र त्यस्तौ समस्याहरु सहमती र सहकार्यबाटै समाधान गर्ने उनको कथन थियो । संविधानमा सबै अधिकारहरु समेटेकोले त्यसको कार्यान्वयन गरेर परिणामुखी काममा सरकारले जोड दिने प्रवक्ता श्रेष्ठ बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here