धरानः आगामी मङ्सिर १४ गते हुन गइरहेको उपचुनावको लागि समाजवादी पार्टीबाट भुपु लाहुरे गजेन्द्र इस्वोले पनि घरदैलो अभियान शुरु गरेका छन् ।
शनिबारदेखि शुरुवात गरेको घरदैलो कार्यक्रम धरान–१६ बाट शुरु गरिएको समाजवादी पार्टीका घरदैलो कार्यक्रम सहसंयोजक कृष्ण लिम्बूले जानकारी दिए । । २३ गतेदेखि शुरुआत गरेको घरदैलो कार्यक्रम लगातार गरेर मंसिर ८ गते सकिनेछ । मंसिर ९ गते भानुचोकमा चुनावी सभा गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
अनुसार २४ गते ११ नम्बर वडा, २५ गते १७ र १८ २६ गते १९ नम्बर, २८ गते १३ र २९ गते १४ नम्बरमा हुनेछ । त्यसैगरी ३० गते वडा नम्बर ६ मंसिर १ गते वडा नम्बर ५ मंसिर २ गते वडा नम्बर १५ वडा नम्बर २० मा ३ गते वडा नम्बर ४ मा ४ गते हुनेछ भने मंसिर ५ गते वडा नम्बबर ७ र ३, त्यसैगरी ६ गते वडा नम्बर ८ मा हुनेछ भने ७ गते वडा नम्बर ९,१०,१२ मा घरदैलो कार्यक्रम हुने उनले बताए । मंसिर ८ गते वडा नम्बर १ र २ मा हुनेछ । मतदातालाई आफ्नो पक्षमा बनाउनको लागि २२ सदस्यीय सचिवालयसहित १९ उपसमिति गठन भएको छ ।
उपसमितिमा संयोजक शुभचन्द्र राई, सहसंयोजक कृष्ण लिम्बू, सहसंयोजक बिपिन इवारम, सहसंयोजक तेन्जिङ शेर्पा, सचिव ताजुब लिम्बू, बिना पुमा राई, सदस्य कृष्ण बहादुर राई, हेमराज जिमी याक्खा, शम्भु राई पृथक, लक्ष्मी राई, निमा पोङस्यूवा, रामकुमार राई, मदन तामाङ, जयमान साम्पाङ, वरदान हाङखिम राई, सागर सरगम चेम्जोङ, सुमन चेम्जोङ, मिलन राई, सुमित्रा राई, कुमार प्रधान, श्री सुब्बा, छत्रबहादुर विक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here