धरानः सिर्जनशील युवा सङ्गठनले धरानमा साहित्यकार सुरज हुक्पाचोङ्बाङ (अज्ञात मान्छे) लाई सम्मान गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा शनिबार आयोजित कार्यक्रममा तेह्रथुम जलजले निवासी सुरजलाई सम्मान गरिएको हो । कवि बम देवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मान कार्यक्रममा सम्मानपत्र र खादाले उनलाई सम्मान गरिएको हो ।
सङ्गठनका सचिव अलौकिक योद्दाहाङले २०६५ बाट अहिलेसम्म साहित्यको अनेक विधामा कलम चलाएर समग्र साहित्य क्षेत्रलाई योगदान पुरयाएकोले सम्मान गरिएको जनाए ।
अध्यक्ष सन्जोक हुक्पाचोङबाङ रहेको सङ्गठनको सम्मान कार्यक्रममा वरिष्ठ लोकगायक कृष्णकुमार लावती, अग्रज कवि केजी सुब्बा, स्ववियु सभापति सागर सरगम चेम्जोङ, मनि राई गोठाले लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here