जाडो मौसम शुरु भइसकेको छ । यो मौसममा प्राय सबै मानिसको लागि घामको न्यानो सबैलाई प्रिय लाग्छ । तर, कतिपय व्यस्तताको कारण घाममा बस्न पाउँदैनन् ।
यदि यसो हो भने पनि केही समय भने घामकै लागि छुट्याउदा पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । किनकी मनतातो घामले चिसोलाई काटेर शरिर न्यानो मात्र बनाउँदैन कयौँ प्रकारका स्वास्य समस्याबाटसमेत बचाउने गर्छ ।
१. जाडो मौसममा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा भनेको शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो । र, यसले शरीरलाई चिसोको कारण कक्रने समस्याबाट पनि बचाउँछ । त्यति मात्र नभएर यसले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउने काम गर्छ ।
२. घाममा बस्दा शरीरले अत्याधिकरूपमा भिटामिन डि ग्रहण गर्छ । अन्य केही फलफूलबाट पनि भिटामिन डि नपाइने होइन । तर, तुलनात्मकरूपमा घाममा भिटामिन डिको मात्रा बढी हुन्छ । भिटामिन डि हाडको वृत्तिविकासको लागि अति आवश्यक हुन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारीरिक दुखाइमा पनि राहत प्रदान गर्छ ।
३. कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ । यस्तो समस्या समाधानको लागि जाडोमा न्यानो घामको साहरा पनि लिन सकिन्छ । त्यसको लागि हरेक दिन केही समय छुट्याएर घाममा बस्नुपर्छ । यसो गर्दा दिमागलाई तनावमुक्त हुन पनि सहयोग पुग्छ । र, रातको समयमा गहिरो निद्रा लिन सकिन्छ ।
४. बेलाबखत शरीरमा हुने विभिन्न प्रकारका फङ्गल सङ्क्रमणले निकै दुःख दिइरहेको हुन्छ । यसको उपचारमा मानिस निकै भौतारिरहेका हुन्छन् । यस्तो खालको समस्य भने पनि नियमितरूपमा घाममा बस्ने गर्नुस् । जाडो मौसमको घामले त्यस्तो इन्फेक्सनलाई निको पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । र, यस्तो घामले विभिन्न खालका किटाणुको सङ्क्रमणबाट पनि बचाउन सहयोग पु¥याउँछ ।
५. जाडो मौसममा मनतातो घाममा बस्नुको अर्को महत्वपूर्ण फाइदा भनेको शरीरको रक्तसञ्चारलाई सन्तुलित बनाउने हो । घामको न्यानो प्रकाशले शरीरमा रगत जम्ने प्रक्रियालाई रोक्ने काम गर्छ । र, शरिरको रक्तसञ्चार पनि चुस्त हुन्छ । त्यस्तै, मन तातो घामको न्यानोले चिनी र मुटु रोगीलाई समेत राहत प्रदान गर्छ ।
–एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here