धरानः मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन भन्ने उखान चर्चित नै छ । गीतै निस्किसकेको छ, ‘मनबिनाको धन ठूलो कि धन बिनाको मन ।’
तर धन भएर पनि मन गर्ने पनि धरानमै छन् है भन्ने उदाहरण पस्किँदै ८२ वर्षीया महिला समाजसेवा गर्न अघि सरेकी छिन् । जसले एकैदिन धरान–३ स्थित भानु स्मृति माविमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई २ लाख ५१ रूपैयाँ र धरान–१६ स्थित शारदा बालिका नमूना माविलाई २ लाख ५१ हजार रूपैयाँकै अक्षयकोष स्थापना गरिदिएकी छिन् । जसले कार्यक्रम सकिएपछि धन्यवादको पात्र मात्रै बनिन् सम्मानित समेत भइन् ।
भानु स्मृति माविमा गरिब तथा जेहेन्दार विद्यार्थी पढ्दै आएको प्रधानाध्यापक रविन सुवेदीले विद्यालयमा अहिलेसम्मकै ठूलो छात्रवृत्ति भएको बताए । ‘अहिलेसम्मकै ठूलो राशीको छात्रवृत्ति पाउँदा विद्यालय परिवार हर्षित छौं’, उनले भने, ‘अहिलेसम्म यतिका रकम पाउँदा गरिब तथा जेहेन्दार विद्यार्थीको उद्दार हुने सम्झिएका छौं ।’
यसअघि विद्यालयमा ज्ञानमाया अधिकारी स्मृति छात्रवृत्ति कोषवापत २१ हजार, पदमप्रसाद न्यौपानेको स्मृतिमा सञ्चालित १ लाख १ हजारको छात्रवृत्ति, मनिमान नन्द लक्ष्मी स्मृतिमा सञ्चालित २५ हजार ५ सय ५५ छात्रवृत्तिको अक्षयकोष स्थापना भएका छन् । यो ५ लाख २ हजारको छात्रवृत्ति अक्षयकोष कैलाश पर्वतमानको स्मृतिमा बुहारी÷श्रीमती भगवतीदेवी श्रेष्ठ र नाति÷छोरा सुजनमान श्रेष्ठले स्थापना गरेका हुन् ।
यस्तै, भानु स्मृति माविलाई नै उनले २५ हजार रूपैयाँ बन्दै गरेको भवन निर्माणका लागि प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक सुवेदीले श्रेष्ठ परिवारले देखाएको समाजसेवा सह्रानीय रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनकला न्यौपानले धरानमै महिनाको ५० लाख भाडा मात्रै उठाउने घरधनी भएपनि उनीहरूको सामाजिक क्षेत्रमा मन जान नसकेको बताउँदै श्रेष्ठ परिवारको मन प्रशंसा गरिसाध्य नभएको बताइन् ।
अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान–३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठ रहेका थिए । मितेरी डेभलपमेण्ट बैङ्कका विशाल श्रेष्ठ, होप धरानका अध्यक्ष निश्चल पलिखेलगायतको उपस्थितिमा सो रकम प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन अध्यापक ओम रिमालले गरे ।
यस्तै, आइतबार नै धरान–१६ स्थित शारदा बालिका नमूना माविमा वडाध्यक्ष दिलकुमार गिरीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार आङबुहाङ, प्रधानाध्यापक इन्द्र राईको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको थियो । यो सहयोग होप धरानको संयोजनमा भएको होप धरानका अध्यक्ष निश्चल पखिलेले बताए ।
तस्वीरः हाम्रो कोशी आवाज डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here