धरानः धरानस्थित हात्तिसार क्याम्पसका विद्यार्थीको सहभागितामा भारतले अतिक्रमण गरेर नक्सामा राखेको विरोधमा भारतीय प्रम मोदीको पुतला जलाएका छन् ।
नेकपा र कांग्रेसनिकट विद्यार्थीले पुतला जलाएका हुन् । नेकपाका रोशन गिरी, विनय गुरागाई, नेविसंघका रमेश चौलागाईको अगुवाईमा विजयपुरमा पुतला दहन गरेका हुन् ।
यस्तै, विद्यार्थीले सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् गृह मन्त्रालयलाई दबाब दिन ज्ञापनपत्र बुझाइने विद्यार्थी रमेश चौलागाईले जानकारी दिए ।
विद्यार्थीले भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो नेपाल हाम्रो देश प्राणभन्दा प्यारो छ, भारतीय मोदी मुर्दावाद, कालापानी लिपुलेक हाम्रो हो जस्ता नारा पनि लगाएका थिए ।
भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here