धरानः इलाका प्रहरी कार्यालय धरानले धरान–१ का वर्ष ३२ का भीम अग्रवाल र धरान–२ का मुन्ना मण्डललाई पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट लागूऔषध मुद्दा (ब्राउन सुगर) मा गत २०७५ भदौ २५ गतेको फैसला आदेशले कैद तोकेको थियो । उनीहरू यसअघि फरार रहेका थिए । उनीहरूलाई सुनसरी जिल्ला अदालतमा पेश गरी अदालतबाट ठेकिएको कैद भुक्तान गर्न आइतबार नै कारागार कार्यालय झुम्कामा पठाइएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । अग्रवालको १ वर्ष र मण्डललाई ६ महिनाको कैद सजाय तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here